उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

  • काठमाडौं, १६ वैशाख । 
उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तरी क्षेत्रबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरिया तथा अमेरिकाका अधिकारीले बताएका छन् । 

मिसाइल प्रक्षेपण गरेको केही सेकेण्ड भित्र नै विस्फोट भएको योनहाप समाचार संस्थालाई उद्धृत गर्दै दक्षिण कोरियाका अधिकारीले बताएका छन् । यस्तै अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले भने परीक्षण असफल भएको जनाएको छ । 

स्थानीय समय अनुसार शनिबार बिहानै मिसाइल परीक्षण गरिएको हो । मिसाइल कुन प्रकारको हो भन्ने खुलेको छैन । परीक्षणका बारेमा उत्तर कोरियाले केही बनाएको छैन । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर चिन्ता र चासो जनाउँदै आएको छ । 

यही विषयलाई लिएर उसले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तयारी पनि गरेको छ । उत्तर कोरियाले पछिल्लो समय लगातार मिसाइल परीक्षण गर्दै आएको छ । यसले कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...