गैँडाको आक्रमणबाट सुकमायाको मृत्यु, पाख्रिन घाइते

  • चितवन, १६ वैशाख । 

जिल्लाका छुट्टाछुट्टै ठाउँमा गैँडाले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका–२८ सालबासस्थित जङ्गलमा घाँस काट्न गएकी स्थानीयवासी ५५ वर्षीया सुकमाया कुमालको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । 
बिहान १० बजेको समयमा जङ्गलमा घाँस काट्न गएकी कुमाल गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी पूर्वी चितवनको रत्ननगर नगरपालिका–११ पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न जाँदा कालिका नगरपालिका–१ डढुवा निवासी अन्दाजी ६५ वर्षीय भीमबहादुर पाख्रिन गैँडाको आक्रमणबाट घाइते भएका छन् । घाइते पाख्रिनको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...