महिनावारी हुँदा कसरी यौन सम्पर्क गर्ने ? प्रत्येक पुरुषले ख्याल गर्नु पर्ने १० प्रयोगहरु

  • एजेन्सी ।
महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो मासिक श्राव । तर यो विषयमा थरिथरिका विचारहरु पाइन्छन् । 

परम्परागत हिन्दू धार्मिक मान्यताल महिनवारीको समयलाई अछूतका रुपमा व्यवहार गर्दछ । हिन्दूहरुका अनुसार, महिनावारी हुँदा महिलाको शरीरबाट फोहोर रगत निस्किने हुँदा उनी अशुद्ध हुन्छिन् । त्यसैले महिनाबारी हुँदा महिलालाई खाना पकाउन नदिने, पूजाआजामा सहभागी हुन नपाइने, अरुसँग नछोइकन बस्नुपर्ने नियम बनाइएका छन् । 

तर समयक्रम परिवर्तन हुँदै जाँदा यो प्रक्रियालाई सामान्य नियमित जैविकीय अवस्थामा लिएर महिलाहरुलाई महिनावरी भएकै कारण गरिने छुवाछूतलाई अस्वीकार गर्ने मान्यता र संस्कारको विकास हुँदै गएको छ।

महिनावारी हुँदा शरीरबाट फोहोर रगत निस्किन्छ तर उचित सरसफाई गर्ने हो भने महिलासँग कुनै किसिमले छुवाछूत हुनुहुँदैन भनेर सामान्य व्यवहार गर्ने चलन बढ्दै गएको हो । 

चिकित्सा विज्ञानले महिनावारीलाई सामान्य अवस्था मान्दछ । सरसफाईमा विशेष ध्यान दिने भने आग्रह गर्दछ विज्ञानले । तर महिलालाई टाढै राख्नुपर्ने, यसलाई अनौठौ र अशुद्ध अवस्थाका रुपमा हेर्न नहुनेमा सबैले जोड दिएका हुन्छन् ।।

तर यौनसम्पर्कको बारेमा नि ? यहाँ पनि थरिथरिका गलत र भ्रामक धारणाहरु फैलिएका हुन्छन् । कतिपयले महिनावारीमा यौनसम्पर्कको कुरा गर्दा छिः छिः भन्ने गर्दछन् भने कतिपये यसलाई सामान्य अर्थमा लिन्छन् ।

महिनाबारीमा सेक्स गर्ने कि नगर्ने त ? हिन्दू मान्यताले त महिलालाई छुनै नहुने भन्छ त्यसैले त्यो आधारमा हामीले कुरा गर्दैनौं तर स्वास्थ्यविज्ञानले भने यस्तो अवस्थामा पनि यौनसम्पर्क गर्न सकिने बताउँछ । 

मुख्य कुरा सरसफाईको भएकोले त्यसमा ध्यान दिने हो भने सेक्स गर्न महिनावारीले नछेक्ने स्वास्थ्यविज्ञानले बताउँछ । आउनुस् महिनावारी सेक्सका बारेमा केही तथ्यहरु थाहा पाऔं । 

१. महिनाबारी हुँदा सेक्स गर्न सकिन्छ तर यसका लागि कण्डमको प्रयोग अनिवार्य गर्नुपर्छ । योनीको कोमलता बढ्ने र पुरुषको लिंगको घर्षणले संक्रमणको सम्भावना हुने भएकोले कण्डमको प्रयोग गर्दा सुरक्षित सेक्स गर्न सकिन्छ । मासिकश्रावको बेला बग्ने रगत खराब हो, यसले हानी गर्छ भनेर डराउनु पर्दैन । 

यदि पुरुष र महिलामा कुनै यौनरोग छैन भने यसले फरक पार्दैन । तर यदि पुरुष या महिलाको यौनांगमा घाउ, खटिरा छ, घाउ छ या कुनै किसिमको यौनरोग छ भने यो निकै छिटो सर्न सक्छ । त्यसैले यो कुरामा विशेष ध्यान दिनुपर्दछ । 

२. महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । केही अवस्थामा भने महिनाबारी भएको बेला पनि गर्भ रहन सक्ने सम्भावना हुन्छ । खासगरी महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ । तर यो सम्भावना निकै न्यून हुन्छ । 

३. यदि यौनसम्पर्क गर्दा लिंगमा रगत लागेमा डराउनु पर्दैन । तपाई घिनाउनु भएन र रगतलाई राम्रोसँग सरसफाई गर्नुभयो भने यसले हानी गर्दैन । 

४. महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता गलत हो । महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन । 

५. महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ भन्ने कुरा गलत हो । सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्किने हुनसक्छ । यसो गर्दा अरु बेला जस्तो पछिल्लो रगत अलि समयपछि आउन सक्छ । तर यो सामान्य हो । 

६. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुन सक्छन्, पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ । 

७. यौनसम्पर्क र्दा उभिएर या हलुका किसिमले पेटलाई बढी नथिच्ने किसिमले सेक्स गर्दा राम्रो हुन्छ । तर पुरुषले महिलालाई इच्छा छैन भने जबर्जस्ती भने गर्नु हुँदैन । 

८. यसका साथै रगत बग्ने सम्भावना भएकोले पहिला नै रगत पुछ्ने कपडा या नेपकिन राखिराख्दा राम्रो कतिपय महिलाहरुले कपको पनि प्रयोग गर्दछन ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्न मन लागे त्यो तपाईमा भर पर्छ । सकेसम्म यस्तो नगर्दा राम्रो । किनभने रजस्वलाको बेला रगत मुखमा लाग्न सक्छ ।

एभरेष्टदैनिकडटकम अर्को कुरा दांत या गिजामा कुनै संक्रमण भए त्यो सर्न सक्छ । तर तपाईले मुख मैथुन नगरी नहुने प्रण गर्नुभएको छ भने डेन्टल डामको प्रयोग गर्न सक्नुहुन्छ । तर हामी तपाईलाई सकेसम्म मुख मैथुन नगर्न सल्लाह दिन्छौं ।

,

प्रतिकृया दिनुहोस्

Loading...