महरा केहिदिनमा बेइजिङ जाने, चीनले किन बोलायो नेपाल सरकारका प्रतिनिधि ?

  • काठमाडौं, १५ बैशाख ।

चीनको बेइजिङमा हुने ‘वान बेल्ट वान रोड ९ओबीओआर०’ परियोजना सम्मेलनमा नेपालले सहभागी जनाउने निश्चित भएको छ ।

नेपालले सम्मेलनअगावै परियोजनामा सहभागितासम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर गर्ने भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहाल गत महिना चीन भ्रमणका क्रममा ओबीओआरको सहमतिमा हस्ताक्षर गरी सम्मेलनमा सहभागी हुने चिनियाँ राष्ट्रपतिसहितका नेताहरूलाई प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री दाहाल चीन भ्रमणका क्रममा ओबीओआरमा प्रतिबद्धता जनाएपछि मात्र राष्ट्रपति सीसँग भेट तय भएको थियो ।

प्रधानमन्त्री दाहालले आफूले गरेको प्रतिबद्धताअनुरूप सम्मेलनमा सहभागी हुन अर्थमन्त्री महरालाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी चीन जान भनेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसबारेमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा ऋषिराज अधिकारीले बताए ।

सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री दाहाललाई चीनले निम्तो दिए पनि नेपालमा स्थानीय तहको निर्वाचनका कारण उनी सहभागी हुन नसक्ने भए पनि उपप्रधानमन्त्री महरालाई त्यसतर्फ जान भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओबीओआर सम्मेलन १४ र १५ मेमा बेइजिङमा हुँदै छ । नेपालमा वैशाख ३१ अर्थात् १४ मेमा नै पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदै छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...