त्यसैले त तिम्रो र मेरो विचार फरक छ...


जन्मदेव ।

तिमीहरु काेरा चुनावकाे रटान लगाउछाै 
म उपलब्धीसहितकाे जनमत जुटाउ भन्छु 
त्यसैले त तिम्राे र मेराे डुङ्गा फरक छ । 
जनमत जस्ताे महान कार्यलाई ठगिखाने 
लाइसेन्स नबनाउ भन्छु 
तिमी त ठग्ने मेराे अधिकार हाे चुप लाग भन्छाै 
त्यसैले त तिम्राे र मेराे बिचार फरक छ । 
तिमीहरु झुपडीलाई सिहंदरबार बनाउने भन्छाै तर, 
अाफ्नै सिंहदरबार बनाउन तल्लिन हुन्छाै मैले त भनिसकें,
 झुपडी सिहंदरबार भन्दा माथि छ त्यसैले त 
तिम्राे र मेराे दृष्टिकाेण फरक छ । 
म भन्छु संसदबाद नेपालका लागि असफल व्यवस्था हाे तर, 
तिमी त्यही थाेत्राे संसदलाई साम्यवादकाे भ-याङ देख्छाै,
किनकि तिमीले र मैले देखेकाे सपना फरक छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...