एके ४७ सहित पाँच सय थान हतियार माओवादीको कब्जामा, प्रधानमन्त्रीद्वारा दिल्लीमा विशेष बैठक आव्हान

  • काठमाडौं, १४ बैशाख । 
भारतीय माओवादीले पछिल्लो पटक छत्तिसगढको सुक्माको कालापत्थरमा सरकारी सैन्य फोर्समाथि ठूलो अाक्रमणले दिल्लीलाई हल्लाएको छ ।

अप्रिल २४ मा माओवादी छापामारहरुले कालापत्थरमा सिआरपिएफ प्यारा मिलिट्री फोर्सलाई एम्बुसमा पारेको थियो । उक्त कारवाही पछिल्ला दिनकै सबैभन्दा ठूलो भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । कारवाहीमा परी २६ जना सरकारी सेनाको मृत्यु हुनुको साथै दर्जनौं घाइते भएका छन् ।

माओवादी छापामारहरुले एके ४७, इन्सास,गलिल, ६७ ओटा ग्रिनेड लन्चर, २२ ओटा बुलेट प्रुफ ज्याकेट, लामो र छोटो दुरीका अाधुनिक हतियारसहित करिब पाँच थान हतियार दश हजार गोली कब्जा गरेको भारतीय अनलाइन पत्रिकाहरुले बताएका छन् ।

यो कारवाहीले राज्यदेखि दिल्ली सरकार अापसी अारोप प्रतिअारोपमा उत्रेको छ । जनमेल अनलाइनका अनुसार ११ मार्चमा १२ जना प्रहरी फोर्सको मृत्यु भएपछि पनि घटनालाई गम्भीरतापूर्वक नलिइएको, राजनीतिक गुटबन्दी र आफ्नो मान्छे खोज्ने नाममा संस्थाको प्रमुख पद तीन महिनादेखि खालि राखेको आरोपप्रत्यारोप भइरहेको छ ।

त्यसैगरी सरकारी सेनाले सूचना संयन्त्रले काम नगरेको र जनताले पनि साथ नदिएका कारण अाफूहरुले हार खानु परेको बताएका छन् ।

माओवादी सेनाहरुले सन् २०१३ यताको सबैभन्दा ठूलो अाक्रमण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विशेष बैठक बोलाएका छन् । मे ८ मा बोलाइएको बैठकमा छत्तिसगढ घटनाको समिक्षाका साथै माओवादीविरुद्धको अागामी रणनीति तय गरिने भारतीय पत्रपत्रिकाले समाचारमा उल्लेख गरेका छन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...