बिश्व सैन्य शक्तिको विकास र सर्बहारा क्रान्ति

 
सि.बि.खड्का-असल ।

आज विश्व युद्धमय बन्दै गैरहेकोछ, स्वभाविक रुपमा युद्धको लागि बलियो सेना चाहिन्छ सेना भन्नाले युद्ध प्रबृधिले सुसज्जित नियम र उदस्यपूर्ण मानव समुह हो । सेना निमार्ण र युद्ध प्रबिधिको बिकासको लागी विश्वका शक्ति सम्पन्न राष्ट्रहरु सबै भन्दा ठुलो धनराशि खर्च गरीरहेका छन ।

सेनाको मनोवल उच्च बनाउन र अरु कमजोर राष्ट्र र उत्पिडित जनतामा आपनो दवदवा कायम राख्न उच्च सैन्य प्रबिधिको आविस्कारमा होडवाजी नै छ ।

पुजिवादी शक्तिहरु आफ्नो सत्ता स्वार्थको रक्षाको लागि मात्र सेनाको निमार्ण र प्रयोग गरिरहेका छन । विश्व राजनीति युद्धमय छ । राजनैतिक एवं आर्थिक प्रभुत्वको अभिव्यक्ति अन्ततः सैन्य श्रेष्ठतामा देखाउने गरिएको छ ।

सैन्य क्षेत्रमा बलियो अमेरिकी गठवन्धन छ भने अर्कोतिर रुसी गठवन्धन पनि सुसंगठित वन्दै गएको छ । दोस्रो विश्व युद्ध पछि सैन्य प्रतिसपर्दामा पछाडि परेको युरोप पुन सैन्य क्षेत्रमा अगाडि आउने प्रयत्न गरीरहेका छ । 
जर्मन, फ्रान्स, व्रिटेन लगाएतका देशहरुले क्रमस सैन्य क्षेत्रमा बिकास गर्दै अगाडि आइरहेका छन् । 

एसिया क्षेत्रमा चीनले आफ्नो सैन्य प्रभाव फैलाउने संकेत देखिएको छ । दक्षिण एसियामा भारतले सैन्य हैकम वढाउन खोज्दैछ । अमेरीकि सैन्य शक्ति बिश्वको शक्तिसाली सैन्यशक्ति भनेर चिनिन्छ उ सग करिव चौध लाख सैन्य जनशक्ति रहेको छ भने दोस्रो विश्व युद्ध पछी ठुला ठुला सैन्य प्रबिधिहरुको विकास पनि गरेको छ । 

अमेरीकि सत्ता सैन्य वजेट मात्र पाच सय एकासी अर्ब अमेरीकि डलर छुट्याउने गरेको पाइन्छ । जो नेपालको कुल वजेट भन्दा अन्ठाउन्न गुना ठुलो हो । 

यता पुर्ब सोभियत सघको बिगठन पछि कमजोर बन्न पुगेको रसिया पून सैन्य शक्ति र प्रबिधिको बिकास र बिस्तारमा जुटेको छ र शक्ति सम्पन्न राष्ट्रहरुको दोश्रो बरियतामा गनना हुने गर्छ भने बिश्वकै धेरै जनसख्या भएको र तिब्रतर आर्थिक बिकास गरी पहिलो सुचीमा आउन सफल चीनले आपनो सैन्य शक्तिको बिकास र प्रबिधिमा मुख्य ध्यान केन्द्रित गरेको पाइन्छ उसको लक्ष विश्वको एक नम्वर शक्तिशालि बन्ने तिर छ ।

बिश्वकै सबै भन्दा धेरै २३ लाख मौजाद सैन्य शक्ति चिनमा छ । आज विश्वका शक्ति सम्पन्न राष्ट्रहरु आफ्नो सैन्य शक्तिलाइ मजबुत बनाउन र उच्च प्रबिधिको बिकास गर्न तिर मात्र आफ्नो ध्यान केन्द्रित गरेका छन । अझ यसो भन्न सकिन्छ सैन्य प्रबिधि बिकासको होडवाजी नै चलेको छ ।

सिरिया युक्रेन इराक लगाएत देशमा अमेरीकि गठबन्धनले गरेको अक्रमण र प्रतिरोध गर्ने भन्ने रसियाको चेतावनीले रसियाले आफु पनि शक्ति सम्पन्न भएको देखाउदै छ । यता दक्षिण कोरिया र उत्तर कोरीया बिचको तनावलाइ लिएर उत्तर कोरियालाइ अमेरिकाले बारम्बार चुनौतीपूर्ण चेतावनी दिइरहेको छ । 

अमेरिकी साम्राज्यवाद साना र कमजोर राष्ट्रलाइ हानेर आफ्नो सैन्य शक्ति र प्रबिधिको प्रमाणित गर्दै ठुला शक्ति राष्ट्रहरुलाइ तर्साउने र बिश्वमा एक छत्र शक्ति सम्पन्न राष्ट्र भएको प्रमाणित गर्न खोजेको देखिन्छ । 

पछिल्लो समयमा पूनं संगठित हुदै गरेको रसिया र नव उदयिमान चिनले गरेको प्राबिधिक र सैन्य सक्तिमाथीको बिकास र बिस्तार हेर्दा अमेरिकि एकछत्र देखिन खोजेको साम्राज्यवादी नितिमा पूर्न बिचार गर्न पर्ने बेला आएको हो कि भन्ने अमेरीकनहरुमा पलाएको पाइन्छ फलस्वरुप अन्धराष्ट्रवादको नारा लगाउदै ट्रम्प सत्ताको बागडोर संम्माल्न पुगेका छन । 

अमेरिकि सैन्य निति जति आक्रामक देखिन खोज्छ त्यो केवल अन्य शक्ति राष्ट्रहरुलाइ तर्साउन वनावटी बहाना जस्तो मात्र बन्न पुगेको छ । किन कि अमेरीकाले हमला गरेका देशहरुमा पूर्णत सफल भएको स्थिति कतै छैन बरु चर्को भुमरीमा फसेको देखिन्छ ।

 हेर्दा के अनुमान गर्न सकिन्छ भने आफ्नो कमजोर बन्दै गैरहेको बजार र आर्थिक बृदिदरमा चिनले पछाडि पारेको रिस बिभिन्न वहानामा साना राष्ट्रहरुमा आक्रमण गरेको पाइन्छ । यसले के देखाउछ भने निकट भविष्यमा नै भयानक युद्धको कल्पना गर्न सकिन्छ । 

साम्राज्यवादी साम्राज्यवादी शक्ति बिचको आर्थिक बजारको आपसि अन्तरविरोध नै अहिलेको युद्धको खतरा हो । यसरी बिश्व पुजिवादी व्यबस्थाहरु सैन्य बिध्वंसात्मक प्रबिधिको उच्च बिकास र जोखिममा छन । 

आज लोकतान्त्रिक पुजिवादी व्यबस्था भनिएता पनि सारमा निस्कृष्ट सैन्य ब्यबस्था नै आजको बिश्वको चरित्र बनेको छ । बलियोले कमजोर माथी दमन गर्नु, शासन गर्नु शोषण गर्नु कुल्चिनु र प्रताडित बनाउनु आजको पुजिवादी ब्यवस्थाका चरित्र वनेका छन । अहिले पुजिवादी ब्यवस्था र निर्मित सैन्य प्रबिधिबाट सबै भन्दा बढि प्रताडित उत्पिडित, श्रमिक जनता र कमजोर राष्ट्रहरु बन्ने गरेका छन । 

आज बिश्वमा चलिरहेका लोकतान्त्रिक भनिने ब्यवस्थाहरुवाट कोहि पनि सन्तुस्ट देखिदैनन । उत्पिडित जनता श्रमिक मजदुरहरु यो ब्यवस्था कै बिकल्प खोजिरहेका छन र १९को दशकमा निमार्ण भएको बिश्व सर्बहारा वर्गको सामाजवादी ब्यवस्था शोभियत संघको बिगठन पछि कतै पनि श्रमिक सर्बहारा बर्गको ब्यबस्था स्थापना हुन सकेन । 

विभिन्न देशमा उठ्न थालेका सर्बहारा क्रान्तिका ज्वारभाटाहरु पनि साम्राज्यवादी ग्राइन डिजाइन र आन्तरिक बिचार राजनिति र नितिमा बिकास गर्न या विज्ञान र प्रबृधिको सहि बिकास र प्रयोग गर्न नसक्दा सफल हुन सकेनन् । 

 आज पून विश्वका सर्बहारा श्रमिकहरु आफ्नो ब्यबस्थाको खोजीमा बिचार राजतितिमा नया नया खोज अनुशन्धान र बिकास गर्दै संगठित रुपमा बिश्वभर केन्द्रित हुदैछन र लडिरहेका छन । 

पुजिवादी ब्यवस्था र साम्राज्यवादीहरुले आज जति पनि अस्त्र शस्त्रहरु निमार्ण गरेका छन ति अस्त्र शस्त्र नै स्राम्राज्यवादी पुजिवादी ब्यवस्थाको बिरुद्धमा प्रयोग गर्न सक्नु पर्ने चुनौति सर्बहारा वर्गमा छ । 

सर्वहारा श्रमिकको श्रमवाट वनेका सबै अस्त्रहरुलाइ श्रमिक कै अधिकार प्राप्तिमा लगाउन सके अबको सताब्दी सर्बहारा क्रान्ति र बिजयको सताब्दी बन्न सक्छ । आजको सर्बहारा श्रमिक बर्गले बिचार र राजनिति संग संगै बिज्ञान र प्रबिधिलाइ जोड्न सक्नु पर्छ । 

आज जसरी पुजिवादीहरु सर्बहारा श्रमिक जनताको स्वतन्त्राको हक र कमजोर राष्ट्रको स्वाधिनताको हक माथी कुन्ठित गर्न श्रमिक द्धारा निर्मित अस्त्र प्रयोग गर्ने गरिरहेका छन त्यसलाइ आजको सर्बहारा बर्गले सुल्टयाउन पर्ने भएको छ । सास्वत सत्य त के हो भने श्रमजिबि सर्बहारा जनताको शक्ति नै सत्य हो । 

प्रबिधि त केवल श्रमिकको हातको श्रम मात्र हो । जब सर्बहारा श्रमिकहरु एकताबद्ध भएर क्रान्तिको ज्वारभाटा बनेर उठ्छन सम्पूर्ण अस्त्रहरु उसकै हातमा हुन्छ र हुन जरुरी बन्छ ।

लेखक नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन्

प्रतिकृया दिनुहोस्

Loading...