जाजरकोट घटना: आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न जनस्वयंसेवकको आग्रह, नछोडिए कडा संघर्षमा उत्रिने चेतावनी


  • काठमाडौँ ३ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले जाजरकोट हत्या काण्डमा आफ्ना कार्यकर्तालाई मुछिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष झक बहादुर मल्लले आइतबार एक बिज्ञप्ति प्रकाशित गर्दै घटनामा बिना प्रमाण आफ्ना नेता कार्यकर्तालाइ फसाउने सड्यन्त्र भएको भन्दै कडा आपत्ती प्रकट गरेका छन् ।

बिज्ञप्तिमा मार्फत मल्लले भनेका छन् । चैत्र १५ गते जाजरकोट पाचतारा युवा संरक्षण मञ्चका अध्यक्ष रवि समशेर शाहको अज्ञात समूहद्वारा भएको हत्याको विषयलाई लिएर पूर्वाग्रही ढंगबाट  नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । केहीलाई पक्राउ पुर्जी जारी गरी अनावश्यक श्वेतआतंक सिर्जना गरिएको छ । 

त्यस्तै मल्लले यही घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रिय कमिटि सदस्य तथा भेरी व्यूरो संयोजक बलबहादुर मल्ल पौरखलाई पार्टी संगठनको काममा सम्बन्धित जिल्ला बाहिर हुँदा पनि झुट्टो मुद्दा लगाई पक्राउ पुर्जी समेत जारी गरिएको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भनेका छन् 'सत्ता भनेको विरोधीलाई दवाउने हतियार भएको कुरा विगतका धेरै घटनाक्रमहरुले पुष्टी गरिसकेको यथार्थ नेपाली जनतासामु लुकेको छैन ।' 

त्यस्तै उनले अहिलेको सरकारलाई  दलाल संसदीय सत्ताको संज्ञा दिदै आफ्नो सत्ता टिकाउन प्रचण्डले स्थानीय निर्वाचनरुपी चुनावको नाटक मञ्चन समेत गरेको आरोप लगाएका छन्  ।

अध्यक्ष मल्लले जाजरकोट हत्याकाण्ड प्रति हाम्रो संगठनको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै घटनाका दोसी पत्ता लगाएर कारबाही गरी निर्दोष नागरिकमाथी धरपकड नगर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले आफ्ना निर्दोश कार्यकर्ताहरुलाई विना सर्त यथाशिघ्र रिहा नगरी आफ्नो संगठनको आग्रहलाई बेवास्ता गरिए कडा संघर्षका थप कार्यक्रमहरु ल्याउन बाध्य हुने र उत्पन्न परिस्थितिको जिम्मेवार सरकार आफैं हुने चेतावनी दिएका छन् ।


प्रतिकृया दिनुहोस्

Loading...