नेताहरु अकुत सम्पतिका मालिक कार्यकर्ता कंगाल !


स्वर्णिम शाही ।

२००७ सालको वरिपरीबाट थालिएको नेपालको जनसंघर्ष मध्यमा पनि २०५२ फाल्गुण देखि २०६२ मंसिर ५ गते सम्म चलेको महान जनयुध्द सबैभन्दा बिशाल,सशक्त र ऐतिहासिक परिघटना थियो। 

ब्यक्तिगत काम देखि नीजि कमाईका लागी जे पनि गर्न सक्ने यो परिवेशको सापक्षेतामा सामुहिकताको लागी अभूतपूर्ण सामाजिक सहभागिता थियो। यस सहभागिताले एकातर्फ सामुहिक जीवनको उदाहरण पेश गरेको थियो भने अर्का तर्फ जनता द्वारा बहिष्कृत भएको पुरानो राज्य ब्याबस्था प्रति बितृष्णा गरेर नयाॅ उन्नत सु सभ्य, बैज्ञानिक समाजवादको परिकल्पना समेत गरेको थियो। 

यस परिवेशमा करोडौको लगानीमा पनि हुन नसकेका योजनाहरु श्रमदानमा जनसहभागितामा सम्पन्न भएका थिए। यसको गुदि पक्ष भन्नु नै सामुहिकताको अभ्यास थियो।आफ्नो नीजि घरभित्रका कोठाहरु निकै सजाउने मोनमोहक बनाउने तर बाहिर सबैको पाइला पर्ने आगनमा फोहोरै फोहोरले भरिभराउ गर्ने यो चरम स्वार्थी समाजका लागी प्रशंसनिय र सर्हानिय कार्य थियो।

यसको सम्पूर्ण जस महान क्रान्तिका थालनीकर्ता नेता गणहरुलाई नै जान्छ। दश बर्ष भन्दा लामो समय सम्म चलेको जनयुद्धले सामन्ती सत्ताको नाइकेलाई त फ्याक्यो तर दलाल तन्त्र फेरि मौलायो। जनताको जिबनमा तात्विक भिन्नता आएन।

क्रान्ति र आन्दोलनका पुजि यिनै कार्यकर्तालाई भोकै,प्यासै,नांगै,अनिदो केही नभनी निस्वार्थ रुपमा लडाउने यिनै हुन,ब्यक्तिगत पुजीप्रति घृणा गराई सामुहिक समाजको उदात्त आदर्शमा लैश गराउने यिनै हुन,जीबनमा एक पटक पाएको जन्मलाई पनि बेवास्ता गरेर मृत्यु समेत जिताउने यिनै हुन,एउटा आदेशको भरमा फटाहालाई माथि पुर्याउन लगाउने यिनै हुन,खुर्पा बोक्ने हातहरुमा आधुनिक हतियार बोकाउन लगाउने यिनै हुन,शोषक सामन्ति अत्याचारी ब्यभीचारी प्रति घृय्णा गराउन उत्प्रेरित गराउने यिनै हुन,मक्किएको राजतन्त्रको जरा पल्टाउन लगाउने पनि यिनै हुन। त्यसैले सम्पूर्ण दोष र जस अरुको टाउकोमा हाल्नु फगत आरोप मात्र ठहरिने छ। जब नेताहरु सामुहिक जीबनमा बाॅचेका थिए कार्यकर्ता र नेता बिचमा भेद थिएन।

कार्यकर्ता र नेताको लाईन खाइन् उठाई बसाई आदी ईत्यादीमा फरक पनि थिएन। माओबादी आन्दोलन सहि लाइनबाट चलिरहेको थियो। शान्ति र सम्झौतामा ओर्लिए पछि, सत्ताको च्याखे दाउमा ऑखा हुत्तिएपछी, शहरको रमझममा भिज्न थालेपछी, दुरदराजका बस्तिहरुमा गरेको दुख पीडाहरु बिर्सेर सुख सौखिन मोजमस्तिमा हेलिन थालेपछी जनयुद्धको सामुहिकताको कडि भत्कियो। 

आदर्शकर्ताहरु नै सम्झौताको दश्तापेजमा हस्ताक्षर गर्न अग्रसर भएपछी कारिन्दाहरु कराउनुको कुनै गुन्जायस थिएन। दश बर्ष लामो जनयुद्धमा हजारौं कार्यकर्ताहरु पूर्णकालिन भए त्यसताका कार्यकर्ता ब्यबस्थापनमा एकरति पनि समस्या आएन। 

प्रथमतः सामुहिक अभियानमा ब्यक्तिगत समस्या भन्ने कुरा नै न जन्मिने रहेनछ। भै हाले सामुहिक तबरबाट संस्थागत रुपमा त्यो समस्याको निराकरण हुन्थ्यो। यस कारण महान क्रान्तिका महारतिहरु,महान बिचारकहरु,महामानबहरु कार्यकर्ताको आदर्श थिए। उनको ज्यानको अगाडी आफ्नो ज्यान थापेर आफुले सहजै मृत्यु रोजी आदर्श पुन्जहरुलाई बचाउथे।

आफ्नो एकछाक काटेर खाना खुवाउथे, एकसरो लुगा निकालेर सुताउथे, कुनै डर त्रास भय आतंक भन्ने नै थिएन मृत्यु जितेपछी । यति हो बाँचे मुक्ति मरे संसार हाम्रै हो यहि कसम सबैको मनमा गाढा रुपमा टाॅसिएको थियो। आज यो परिबेशमा कार्यकर्ता भोज सहितको बैठकमा सहभागि हुँदैनन्। 

त्यस समय बिना स्वार्थ जे पनि गर्न तयार आफ्नो भागमा मृत्यु पर्छ भने मर्न सम्म तयार हुन्थ्यो। मात्र उसको लागी आदेश र निर्देशन चाहिन्थ्यो। जब नेताहरु नेरुको खोजिमा लागेर दौडिन थाले तब कार्यकर्ताहरु योजनाविहीन भएर बेरोजगार रुपमा भौंतारिन थाले। नेता कमिसनको बार्गेनिङमा छ,कार्यकर्ता कामको खोजिमा गल्लि गल्लि चाहिरहेको छ। 

नेता नगद जम्मा गर्न जस्तोसुकै दलालसॅग अबैध काम गर्न तल्लिन छ, तर कार्यकर्ता एक छाक पेट भर्न र एकसरो लुगा लगाउन नसकेर हिजो त्यहि नेताको आदेशमा कार्बाही गरेको बडाज्यूको पैतलामा शिर निहुराएर आफ्नो क्षमा याचना गर्दै जोहो माग्दैछ।

नेता नेरुकै लागी नाजायज काम निर्बात रुममा कारोबारो गर्न दिदैछ,कार्यकर्ता कठ्ठोर परिश्रम गरि गाडीको खलासी देखि जोखिमपूर्ण भिरहरुमा ज्यामिकाम गरिरहेको छ। नयाॅ नयाॅ साडीवाली र गाडीमा रमझममा छ, कार्यकर्ता कहालिलाग्दो अरबका देशहरुमा चौबिसै घन्टा ड्यूटि गरिरहेको छ र आफ्नो घरवालीसॅग सुख दुख सम्म साट्न सकेको छैन। 

नेता नौरंगि रंगहरुमा रंगिन सपनाहरु बिपनामा उतार्दै छ, कार्यकर्ता कटाक्ष गरिएको दोहोरी देखि फुटपाथमा ड्राईफुट देखि मिनिरल वाटर बेचेर अभावको जिबनमा पटक-पटक आत्महत्याको प्रयासबाट बल्ला बल्ला बाॅचिरहेको छ। 

नेताको निधारमा मलिन धर्षाको निराशा कहिल्यै आएको छैन, कार्यकर्ता कर्कलाको पानी जस्तो जीबन जिईरहेको छ र जन्मनु नै अभागी हो भनी भाग्यप्रति दोषारोपण गर्दैछ। नेताहरु ठुला बडा धनिमानीबाट बिजीनेश बेनिफिट लिईरहेको छ, कार्यकर्ता त्यहि अब्बल मान्यगन्यबाट आफ्नो पारिश्रमिक नपाउने देखि मानसिक,शारिरीक,भौतिक र अमानविय हिंसात्मक पिडा खेपिरहेको छ।

यि आरोप होइनन् यथार्थताको गहिराइबाट उब्जिएका भोगाईहरू हुन्। कुन नेता कति कमिसनको खेलमा दिनदहाडै खेलिरहेको छ, कुन कार्यकर्ता कष्टपूर्ण नारकिय जीबन बिताइरहेको छ थाहा पाएँ सम्म अलि बढीको नै कथा ब्यथाहरुको जानकार छु। 

ब्यक्तिलाई किटान गर्दा भुपू आदर्शजनहरु बाट जिबन खतरा सम्मको धम्किको कासन नसुन्नु पर्ला भन्न सकिन्न यद्यपी गलत प्रकृयाको आलोचना गर्न कुनै डर छैन। अपमानको जिबन जिईरहेको कार्यकर्ताको नाम उल्लेख गर्दा उसको स्वाभिमान र अस्तित्वमा प्रश्न चिन्ह खडा होला त्यसैले ब्यक्तिको किटानी नगरी प्रवृत्तिलाई ईंगित गर्ने कोशिस गरेको छु।

केही बर्ष अगाडी राजनीतिमा नहेलिदा र राजनीति तिर आकर्षित हुँदै गर्दा यहि काठमाण्डौमा बाल तिर्न नसकेर जोरजाम गरेका सामानहरु कब्जा गरी कोठाबाट निकाला गरेको,ग्यास किन्न नसकेर स्टोप किनेको त्यसैमा पनि तेल हाल्न नसकेर चिउराको भरमा कयौं छाक टारेको, बेट बिस्तार किन्न नसकेर मेटमा मात्रै सयौ रात काटेको आदी इत्यादी बारे यिनै कानले सुनेको थिएँ र जिबनका भोगाई बारे पढेको थिए। 

त्यस्तै गाउ घरमा चप्पल सम्म किन्न नसकेर नाङ्गो खुट्टाले दौडिने, एक छाक खान सम्म नसकेर अरुको आश्रयमा दिन गुजाउर्नु पर्ने घट्टालो देखि खेताला सम्म भेडिगोठाला देखी भैंसी गोठाला सम्मका अहिल्यै हर्ताकर्ता नेताको अतितमुखि दिनहरु मेरै ऑखाले देखेको छु। आज तिनै कानले यो पुरै एरिया फलानो नेताको हो, बंखालाहरु,सपिङ सेन्टरहरु,भाटभटेनीहरु,केबलकारहरु, बिभिन्न टावरहरु,कम्पनीहरु आदी ईत्यादी नेताकै हुन भनेर सुन्दैछन साचो नै हुन भने।

हिजो लडाईको मैदानमा आधा ज्यान मात्र बचेको कार्यकर्ता भोक,सोक,रोगले नै मरिसकेको छ। शहिद परिवारका आमा,बा,पति,पत्नि,छोरा र छोरी सम्मलाई कोही बोल्दिने मान्छे सम्म छैन। अभिभावक नामको नेता हेर्दा हेर्दै अपरिचित भएपछी आफ्नो जिवनको आधार नै नेताहरुको नेरु कमाउनको लागी जस्तै बलिदानी गरेपछी सार्थक जीबन त के आकालमा जिबन गुमाइरहेका छन ।

सामुहिकताको सास चुडाईयो,ब्यक्तिगत सम्पति आर्जनको जहाज उढाईयो तब समस्या ब्यापक भनेर उब्जिए। शान्ति प्रकृयामा ओरालिएपछी लामो समय कार्यकर्ता ब्यबस्थापनको बिषय उठि रह्यो तर सुनुवाई कहिल्यै भएन। माग गर्ने कर्ताहरुनै थाकेपछी संबोधन हुनु चमत्कारी नै हुन्थ्यो त्यो हुने कुरै भएन।

त्यसपछी कार्यकर्ताहरु स्व स्फुर्त रुपमा आ आफै बिकल्प खोजिमा लम्कियो। होटेलको भाडा माच्नेसॅग गहिरो परिचय लिन खोजे उ हिजोको लालयोध्दा रहेछ,गाडीको खलासीसॅग चिनजान गर्न खोजे क्रान्तिको सिफाई रहेछ,गिट्टी कुटिरहेको ज्यामिसॅग बोल्न खोजे जनयुध्द लडेको मान्छे रहेछ,भारी बोक्ने भरियासॅग भला सुकारीगरे क्रान्तिकारी बीर रहेछ,चौबिस घन्टा ड्युटी गर्ने प्रबासीसॅग परिचय गरे जनमुक्ति सेना रहेछ।

माओबादी कार्यकर्ताले नटेकेको ठाउ छैन,नहिँडेको गाउँ छैन नपुगेको देश छैन नबोकेको भारी छैन नगाएको गित र भाका छैन आज यिनै बिडम्बनाको आहालमा नेताहरु नेरुतिर दौडिरहेका छन भने कार्यकर्ताहरु काम नपाएर कंगाल बनिरहेका छन। यद्यपी सबै नेता नेरुको पछी मात्र दौडिएको छैन नेता हुनु सजिलो पनि होईन।

तर बास्तबिक नेताहरु हराएका सपनाहरु,खिईएका बिचारहरु,मारिएका आस्थाहरु,मोडिएका बाटोहरुलाई पुर्न मुल्याङ्कन गरेर आफ्नो जिम्मेवारीमा अग्रसर हुँदै नया जिम्मेवारी लिने कोशिस गर्दैछन भने कैयौ कार्यकर्तापनी अपमानलाई अस्वीकार गर्दै, ऑशुलाई हासोमा भर्दै,समस्यालाई समाधानमा रुपान्तरित गर्दै,निराशालाई उत्साहमा फेर्दै पुनः जनक्रान्तिको मार्गमा लामबध्दित भनेकाले एक पटक आशाको रक्त संचार भएको छ। बिश्वासको किर्तिस्तम्भ खडा भएको छ। बहादुरी बिरताको अर्थबोध भएको छ। 

२००७ देखी ७२साल सम्मको धोकै धोकाको कडीलाई भत्काउँदै बिजय र मुक्तिको युग बन्नेछ। नेता कार्यकर्ता र जनता बिचको सम्बन्ध नङ्ग मासु र टाउको सम्बन्ध जस्तो रहने छ। नेता शाषक होईन शालिन नेतृत्व हुनेछ, कार्यकर्ता नोकर जस्तो होइन क्रान्ति र परिबर्तन असल अभियान्ता हुनेछ र जनता सॅधै रैती होइन आफ्नै शासन ब्यावस्थाको मालिक हुनेछ। भेद र बिहेको दुरी साम्य हुनेछ।

२०७३ चैत २१ गते दिउसो २ बजे प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...