सामना सास्कृति परिवारको कार्यक्रममा हस्तक्षेप गर्दै प्रहरीले दियो यस्तो धम्की

  • इमान्दार मिडिया संवाददाता ।
निर्वाचन खारेजिका लागी भन्दै नेपाल कम्युनियट पार्टीले चलाएको तीन महिने एकिकृत जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत सामना सास्कृति परिवारले गरेको कार्यक्रममा आज प्रहरीले हस्तक्षेप गरेको छ ।

सामना सास्कृतिक परिवारले काठमाण्डौको गर्जुधारमा आयोजना गरेको सास्कृतिक कार्यक्रममा हस्तक्षेप गर्दै  प्रहरीले सबैलाई गिरफ्तार गर्ने धम्की दिएको छ । 

यस गतसाता काठमाडौंको थलीमा भएको कार्यक्रममा प्रहरीले हस्क्षेप गर्दा स्थानीय र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले प्रतिकार गर्दै कार्यक्रम सम्पन्न गरेका थिए ।

त्यस्तै प्रहरीले आज शनिबार पनि गर्जुधारा चोकमा सामनाका कलाकारहरुको प्रस्तुति सुरु हुनेबित्तिकै कार्यक्रम गर्न नदिने भन्दै हस्तक्षेप गरेको काठमाण्डौ ७ नम्बर ईलाकाका ईन्चार्ज अर्जुन राउतले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम सुरु हुनासाथ सो क्षेत्र आसपासका स्थानियहरु करिब ३ सय बढीको सहभागीता रहेपछि तत्कालै प्रहरीले कार्यक्रम गरे गिरफ्तार गर्ने धम्की दिदै उक्त इोत्रबाट जबरजस्ती कलाकारहरुलाई हटाएको छ ।

सामना परिवारले आजै सतुङगल चोक र थानकोट चन्द्रागिरि जाने सडक छेउमा रहेको प्रहरी चेकपोष्ट नजिकै सडकमा कार्यक्रम गरेको छ ।



२०७४ बैशाख २ मा प्रकाशित । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...