बैतडीमा माओवादी केन्द्रले उम्मेदवार घोषणा ग¥यो

  • बैतडी, २३ चैत्र ।
नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । 

नेकपा (माओवादी केन्द्र)ले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कुँवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी दिए । 

नेपाली काँग्रेसले चारतारे लोकतान्त्रिक चौतारी अभियानअन्तर्गत जिल्लाका चारवटै नगरपालिका र छवटै गाउँपालिकामा उम्मेदवारका आकांक्षीको बारेमा सर्वेक्षण सुरु गरिएको नेपाली काँग्रेस बैतडी क्षेत्र नं २ क्षेत्रीय सभापति तेजबहादुर चन्दले बताए। 

पार्टीमा उम्मेदवारका आकांक्षी धेरै छन् उनीहरुमध्ये उत्कृष्टको खोजी भइरहेको उहाँले बताउनुभयो । चैतको अन्तिमसम्म सम्भावित उम्मेदवारको टुङ्गो लगाउने समेत सभापति चन्दले बताए । 

यस्तै, नेकपा (एमाले)ले पनि जिल्लाका नगरपालिका तथा गाउँपालिकामा सम्भावित उम्मेदवारको पहिचान गर्न कार्यकर्ता भेलालाई निरन्तरता दिएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउनका लागि चैत ३० गतेभित्र सम्भावित उम्मेदवारको नामावली जिल्ला कार्यसमिति पठाउन मातहतका समितिलाई निर्देशन दिएको छ । 

ठूला दलसँगै साना दलले पनि जिल्लामा चुनावी अभियान जारी राखेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दल चुनावी रणनीतिका साथ गाउँ पसेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...