जेष्ठ नागरिकको मत तान्न काँग्रेसले प्रयोग गर्दै छ यस्तो अस्त्र


  • काठमाडौँ १ बैशाख ।
सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दा होस् वा पछि वृद्धि गर्दा नै किन नहोस्, ‘कनिका बाँडेजस्तै बजेट बाँड्न नहुने’ भन्दै विरोध गरेको कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा जेष्ठ नागरिकको मत तान्न त्यही अस्त्र प्रयोग गरेको छ ।

राज्यको आर्थिक अवस्थाले धान्न नसक्ने जान्दाजान्दै पनि सबैभन्दा ठूलो पार्टी चुनाव अगाडि सुरक्षा भत्ता बढाउने घोषणा गरेर जेष्ठ नागरिक र असहायको मत लिने रणनीतिमा लागेको हो ।

चालू आर्थिक वर्षको बजेटमार्फत सुरक्षा भत्ता दोब्बर पारेर सर्वसाधारणबीच एमाले लोकप्रिय बनेको आँकलन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भोट तान्न भत्ता दोब्बर बनाउने घोषणा गरेका हुन् ।
नागिरक दैनिकबाट

,

प्रतिकृया दिनुहोस्

Loading...