दाहालले थापालाई दोस्रो वरियतामा राखेपछि निधिद्धारा क्याविनेट बहिष्कार


  • काठमाडौं, २८ चैत । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री कमल थापालाई दोस्रो वरियतामा राखेपछि अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले क्याविनेट बहिष्कार गरेका छन्।
 
वरियता विवादले लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद बैठक सोमबार बसेको थियो । बैठकको अध्यक्षता गरिरहेका प्रचण्डले कमल थापालाई दोस्रो वरियतामा राखेका छन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार उपप्रधानमन्त्रीद्वय थापा र विमलेन्द्र निधिमध्ये कसलाई दोस्रो वरियतामा राख्ने भन्ने विवादका बीच प्रधानमन्त्रीले थापालाई वरिष्ठ उपप्रम तोकेका हुन् ।

थापालाई दोस्रो वरियताको वरिष्ठ उपप्रधानमन्त्री बनाएपछि आफुलाई अपमान गरिएको भन्दै लामो समयदेखी असन्तुष्टि व्यक्त गरिरहेका सोमबारको विमलेन्द्र निधिले क्याविनेट बैठक पनी बहिष्कार गरेका हुन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...