काठमाडौँमा फुटेको एमाले मिलाउने जिम्मा वामदेवलाई, अरु को को छन् सहयोगी ?


  • काठमाडौं, २८ चैत । 
स्थानीय चुनावको मुखैमा एमाले काठमाडौँमा देखिएको विभाजन सम्मको विवाद मिलाउने जिम्मा पार्टीका कार्यबाहक अध्यक्ष वामदेव गौतमले पाएका छन् ।

सोमबार बसेको स्थायी समितिको बैठकले एमाले काठमाडौंमा देखिएको विबाद समाधान गर्न कार्यबाहक अध्यक्ष गौतमसहित पार्टीका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्य र महासचिव कमरेड ईश्वर पोखरेललाई जिम्मेवारी दिएको हो ।

शनिबार अध्यक्ष केपी शर्मा ओली उपचार गराउन थाइल्याण्ड गएसँगै त्यसको भोलिपल्ट आइतबार काठमाडौंमा एमालेको गुटगत भेला आयोजना भएका थिए ।  

चुनाव नजिकै जाँदा एमालेको काठमाडौँ जिल्ला कमिटी विभाजित भएर अर्को समानान्तर कमिटी गठन भएको थियो । 

खासगरी संस्थापन पक्षले पेल्न खोजेको भन्दै खनाल र नेपाल पक्षले काठमाडौंमा समानान्तर कमिटी घोषणा थिए ।

यो पनि पढ्नुहोस 

, ,

प्रतिकृया दिनुहोस्

Loading...