आईजीपी नियुक्तिबारे सरकार अझै अनिर्णयको बन्दी, कार्य सम्पादनको नम्बर पेश गर्न समिति गठन

  • काठमाडौं, २८ चैत । 
लामो समयदेखी थाती रहेको नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिका बारेमा सरकार अझै अनिर्णयको बन्दी बनेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समेत यसबारे अझै टुंगो लगाउन सकेन । बिबादका बीच निर्णय गर्न नसकेपछि सरकारले कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको छ । 

सर्वाेच्च अदालतको आदेशअनुसार गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख राखेर कार्यसम्पादन नम्बर पेश गर्ने समिति बनाइएको हो ।

गृह मन्त्रालयका अनुसार तीन वर्षे कार्यसम्पादनमा डीआईजी नवराज सिलवाल अगाडि छन् भने चार वर्षेमा प्रकाश अर्याल अगाडि छन् । 

सर्वाेच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई आईजी बनाउने सरकारको निर्णय खारेज गर्दै कार्यसम्पादन अनुसार योग्य व्यक्तिलाई आईजी बनाउन आदेश दिएको थियो । 

त्यसयता आईजी कसलाई बनाउने भन्ने अन्योल कायम छ । अर्काे बैठकमा गृह मन्त्रालयबाट कार्य सम्पादनको नम्बर पेश हुनेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...