लाङटाङमा अन्तर्राष्ट्रिय म्याराथुन हुदै

  • काठमाडौं, ८ वैशाख ।

पदयात्रा गन्तव्यको महत्वपूर्ण क्षेत्र मानिने लाङटाङमा हुन लागेको दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले आगामी मंगलबार दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको आयोजना गर्ने लागेको हो । ७२ सालको भूकम्पले क्षति पुर्याएको लाङटाङ क्षेत्रमा पदमार्ग सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन साथै खेलकुद पर्यटनस्थलको विकास गर्न म्याराथुन आयोजना गरिएको टानले जनाएको छ ।

पहिलो संस्करणमा हाफ म्याराथुन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागेको हो । गएको वर्ष गोसाइकुण्डदेखि रसुवा सदरमुकामसम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथुन आयोजना भएको थियो ।

लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुँदै स्याफ्रुवेसीसम्म झण्डै ४२ किलोमिटर म्याराथुनको आयोजना गर्न लागेको टानले जनाएको छ ।

म्याराथुनमा सहभागिताका लागि आवेदन लिने प्रक्रिया चलिरहेको छ । म्याराथुनमा सहभागी हुन चाहने नेपाली धावकले १ हजार ७ सय र विदेशी धावकले ५५ सय रुपैयाँसहित नाम दर्ता गर्न सक्ने छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...