राष्ट्रपति भण्डारी आज भारत भ्रमणमा, आउने जाने दुवै दिन सार्बजनिक विदा


  • काठमाडौँ, ४ बैशाख । 
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (आज) भारतको भ्रमणमा जादै छन् । उनि ३४ सदस्यीय टोलीसहित भारत भ्रमणमा जान लागेकी हुन् । 

राष्ट्रपतिले आफ्नो पहिलो विदेश भ्रमणका रूपमा छिमेकी देश भारतलाइ रोजेकी छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गरेको थियो । 

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव, सांसदहरू किरण यादव, उषा शाह, सीता नेपाली, पूर्व राज्यमन्त्री र पूर्व सांसदलगायत रहनुभएको छ । 

भ्रमण टोलीमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका १५ कर्मचारी पनि सहभागी छन्।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले औपचारिक निमन्त्रणा पठाएपछि राष्ट्रपति भण्डारी छिमेकी मुलुक भारतको पहिलोपटक भारत भ्रमण जान लागेकी हुन्। 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले नेपालमा समावेशी संविधान जारी भएपछिको राष्ट्रपतिको पहिलो विदेश भ्रमण भएकाले पनि यो आफैँमा महत्वपूर्ण रहेको बताएका छन्। 

सरकारले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्वीकृत गरे संगै जाने र आउने दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यो पढ्नुहोस् 

, ,

प्रतिकृया दिनुहोस्

Loading...