चुनावको मुखैमा एमाले विभाजन, असन्तुष्टले बनायो समानान्तर पार्टी


  • काठमाडौं २७ चैत।
चुनावको मुखैमा एमाले भित्र विभाजनको संकेत देखिएको छ । स्थानीय निर्वाचन नजिकै जाँदा एमालेको काठमाडौँ जिल्ला कमिटी विभाजित भएको हो ।

अध्यक्ष केपी ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल समुहको विवादका कारण काठमाडौँ जिल्ला कमिटी विभाजित भएको भएको श्रोतको भनाइ छ । 

संस्थापन पक्षले पेल्न खोजेको भन्दै खनाल र नेपाल पक्षले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको हो ।

नयाँ बजारको नेपाः ब्याङ्केटमा आइतवार एक कार्यक्रमकाबीच बसन्त मानन्धरको नेतृत्वको ३८ सदस्सीय समानान्तर कमिटी घोषणा गरिएको हो ।

केपी ओली समूहले आफूहरुलाई पेलेको र तीन बर्षमा हुनुपर्ने अधिवेशन ८ वर्षसम्म नगरेको नेपाल समूहको आरोप छ । 

एमाले काठमाडौंमा ओली पक्षका अध्यक्ष कृष्ण राई रहेका छन् । कार्यक्रममा नेताहरु नेपाल, खनाल र योगेश भट्टराईको सहभागिता रहेको थियो ।

उपाध्यक्ष एवं प्रदेश नम्बर ३ की संयोजक अष्टलक्ष्मी शाक्यको पहलमा गरिएको पुर्नगठनलाई संस्थापन पक्षले अस्वीकार गरेपछी समानन्तर कमिटि बनेको श्रोतको भनाइ छ ।

बसन्त मानन्धर सहसंयोजक र विद्यासुन्दर शाक्य सचिव रहने गरि गरिएको पुनर्गठनलाई संयोजक राईले नै अस्वीकार गर्दै वसन्त मानन्धरलाई सहसंयोजक नमान्ने र समितिमा थपिएका सदस्यलाई पनि स्वीकार नगरेपछि विवाद भएको थियो ।

प्रदेश संयोजक तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू भन्दा माथिल्लो कमिटीको निर्णय राईले नमानेको भन्दै सा विषयम स्थायी कमिटीमा पुर्याएको बताएकी थिइन् । उनी माधव नेपाल पक्षकी हुन् ।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी अभियानको शूरुवात गर्दै कृष्ण राईलाई झण्डा हस्तान्तरण गरेका थिए । 

काठमाडौंमा एमालेले ७ वर्षदेखि जिल्ल अधिवेशन गर्न सकेको छैन । विधानमा तीन वर्षको समयसीमा भएपनि अधिवेशन हुन सकेको छैन । 

यो विवादसँगै वैशाख ३१ को लागि तय भएको स्थानीय तहको निर्वाचनमा समेत काठमाडौं महानगरपालिका, नगरपालिकामा उमेदवार चयन विवादमा पर्ने देखिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...