हिमपातका कारण स्कुलको भवन भत्कियो, पढाइ प्रभावित हुने

  • हुम्ला २७ चैत
हुम्लाको मानसरोवर उच्च माध्यमिक विद्यालयको भवन हिमपातका कारण भत्किएको छ । ३ दिनसम्म लगातार भएको बर्षासँगै परेको हिमपातका कारण भवन भत्किएको हो ।

हुम्ला सदरमुखकाम सिमकोटमा रहेको मानसरोवर उमाविको २ कोटे भवन भत्किएपछि पढाइ प्रभावित हुने भएको छ ।

हुम्लामा मंगलबारदेखि निरन्तर हावाहुरी अत्याधिक वर्षासँगै हिमताप सुरु भएको हो । करिव १० बर्ष पहिला निर्माण भएको भवन वर्षा र हिमपातले भत्किएको विद्यालयका प्रधाना ध्यापयाक अमर बहादुर शाहीले बताएका छन् ।
 
शाहीका अनुसार बिद्यालयका एक कोठा ३ लाखको दरले निमार्ण गरिएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...