निधिले निहुँ खोजेपछि मन्त्रीपरिषद्को बैठक स्थगित

  • काठमाडौ २७ चैत ।

गृहमन्त्री बिमलेन्द्र निधिले सहभागिता नजनाउने भन्दै निहुँ खोजेपछि आईतबार तीन बजेका लागि बोलाइएको मन्त्रीपरिषद्को बैठक फेरी स्थगित भएको छ।

वरीयता क्रममा आफु प्रधानमन्त्री पछि हुनुपर्ने भन्दै निधिले माग गर्दै आएका थिए। उनलाई तेस्रो वरीयतामा राखेर आईतबार मन्त्री परिषद्को बैठक बोलाईएको थियो।

आफुलाई दोस्रो वरीयतामा नराखे सम्म बैठकमा पनि नजाने र राजिनामा पनि नदिने घोषणा गरेको निधि निकट स्रोतले बतायो। आईतबारको बैठकका लामो समय देखी रिक्त रहेको आईजीपी नियुक्त गर्ने एजेण्डा रहेको थियो।

गृहमन्त्रीले पेश गर्नुपर्ने यो प्रस्ताव निधि नै अनुपस्थित हुने भएपछि स्थगित गरिएको स्रोतले बताएको छ। निधिले भने आफु वरीयतामा दोश्रो नभए सम्म मन्त्रीपरिषद्को बैठकमा नजाने भन्दै आफु निकटलाई सुनाएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...