अबको १२ महिनापछि राजतन्त्र फर्किने ज्योतिष सुबेदीको खतरनाक भबिश्यवाणी (भिडियोसहित)


आफुलाई ज्योतिष बताउने आनन्द सुबेदीले अबको १३ महिना पछि नेपालमा राजतन्त्र फर्किने बताएका छन् । उनले आफुले यसअघि पनि विभिन्न भबिष्य बाणी गरेको र उक्त भबिष्यबाणी प्रमाणित भएको पनि बताएका छन् ।

सुबेदीले पूर्व राजा ज्ञानेन्द्रको ३ पटक राजा हुने कुण्डली रहेको र अब राजतन्त्र फर्केर ज्ञानेन्द्र पुन; राजा बनेर देश पूर्ण हिन्दु राज्य हुने बताएका छन् ।

त्यस्तै उनले नेपालमा गणतन्त्रको आयु जम्मा १० बर्ष ८ महिनाको मात्र रहेको समेत दाबी गरेका छन् । सुबेदीले पारस शाहको भने कहिलै राजा हुन् नसक्ने कुण्डली रहेको समेत बताएका छन् ।

त्यस्तै हृदयन्द्र शाहको बलियो ग्रह दशा रहेको र जस्तो सुकै ढलेको राजतन्त्र पनि फर्काउन सक्ने क्षमता उनमा रहेको बताएका छन् । 

युट्युबमा भेटीएको २ मिनेट ३० सेकेण्ड लामो भिडियोमा उनले यो आफ्नो अटल भबिष्यबाणी भएको पनि बताएका छन् । 

नेपालमा वि. सं. २०६५, जेठ १५ गते बसेको संविधान सभाको वैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो। 

त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. राम वरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिएका थिए।

हेरौ उक्त भिडियो



, ,

प्रतिकृया दिनुहोस्

Loading...