सिरहामा फेरी झडप, १८ जना पक्राउ, एमालेको कार्यक्रम विथोल्न मोर्चाको जुलुश


  • सिरहा, २६ चैत । 
सिरहाको लाहानमा फेरी झडप भएको छ । नेकपा एमालेको कार्यक्रम विथोल्न मधेशी मोर्चाले जुलुश निकालेपछि प्रहरी र मोर्चाबीच झडप भएको हो । सामान्य झडपपछि प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।

लहान नगरपालिकाको नगरसभा हलमा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि शनिबार दिउँसो पशुपति आदर्श माविबाट एमालेले गर्न लागेको कार्यक्रमलाई मधेशी मोर्चाका कार्यकर्ताले जुलुस निकालेर विथोल्न खोज्दा झडपको अबस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

एमालेको जुलुस विथोल्न खोज्ने संघीय समाजवादी फोरम सिराहाका अध्यक्ष वादल यादव सहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको लहानका डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवान, सांसद रामचन्द्र यादव, केन्द्रीय सदस्यहरु लीलानाथ श्रेष्ठ, धर्मनाथ यादवलगायतका नेताहरु उपस्थित कार्यक्रम स्थलको भने प्रहरीले दिनभर कडा सुरक्षा प्रदान गरिएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...