गृहमन्त्री निधि नै निर्वाचन भाँड्न भित्रभित्रै सक्रिय रहेको खुलासा

  • काठमाडौं, ३ बैशाख ।

वरियता विवाद झिकेर मन्त्रिपरिषद बैठक नै बहिस्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि नै भित्रभित्रै स्थानीय तहको निर्वाचन भाँड्न सक्रिय रहेको खुलासा भएको छ ।

निर्वाचन सुरक्षाको सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने गृहमन्त्री नै निर्वाचन नगराउने खेलमा लागेपछि ३१ वैशाखका लागि तोकिएको निर्वाचन अन्योलमा परेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

काँग्रेस बैठकमा निधिले संविधान सर्वस्वीकार्य नबनाई सुरक्षाका दृष्टिले २ नम्बर प्रदेशमा निर्वाचन गर्न गाह्रो रहेको बताए । त्यसैले मधेसकेन्द्रित दललाई सहमतिमा लिएर निर्वाचनमा जानुपर्ने निधिको दाबी छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...