विद्रोही नियन्त्रित क्षेत्रमै आत्मघाती कारबम विस्फोट, ४५ जनाको ज्यान गयो

  • एजेन्सी, ३ वैशाख ।

सिरियामा सरकारको नियन्त्रणमा रहेको क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा लैजाँदै गरेको बसलाई लक्षित गरी आत्मघाती कार बम विस्फोट भएको छ । 

विस्फोटनमा परि कम्तिमा ४५ जनाको ज्यान गएको छ । विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा बुस रोकिएर मानिस झर्दै गरेका बेला विस्फोट भएको हो । बसमा सुरक्षित स्थानको खोजीमा रहेका दुईवटा गाउँका बासिन्दा रहेको बिबिसीले जनाएको छ । 

सरकारको नियन्त्रणमा रहेको गाउँमा बाहिरबाट बिद्रोहीले घेराबन्दी गरेका कारण फसेका मानिसलाई सुरक्षति स्थानमा लैजाने तयारी भएको थियो । त्यही बेला विस्फोट भएको हो । यो आक्रमणपछि दमाशकस नजिकका बिद्रोही नियन्त्रित गाउँबाट सुरक्षित स्थानमा लैजाँदै गरेका मानिसलाई लक्षित गरी आक्रमण हुन सक्ने चिन्ता बढेको छ । 

एक सम्झौता अनुसार अहिले सरकार तथा बिद्रोहीको नियन्त्रणमा रहेका गाउँबाट सर्वसाधारण नागरिकलाई सुरक्षित स्थानमा लैजान थालिएको छ । अहिलेसम्म २० हजार भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा लगिएको समाचार संस्था एएफपीले जनाएको छ । 

गएको महिना संयुक्त राष्ट्रसंघले सिरियाका विभिन्न गाउँमा धेरै मानिस फसेको र त्यसमध्ये ६४ हजार भन्दा धेरैको अवस्था अत्यन्तै दयनीय रहेको उल्लेख गरेको थियो ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...