गायक टंक तिमिल्सिनाले कान्छी ल्याए, दारु पिएर हो की नसा चढेर ? (भिडियोसहित)


पछिल्लो पुस्ताका चर्चित युवा गायक टंक तिमिल्सिनाले मंगलबार नयाँ गीत 'दारु पियर हो की नसा चढेर हो' ल्याएका छन् । 

गायक तिमिल्सिनाले १९ बर्षको उमेरमा ‘जुनीजुनी तिम्लाई माया गर्छु’ बोलको गीतबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । 

उनले सुरुमा ग्रामिण क्षेत्रको समुदायको मन जित्ने गरी यो क्षेत्रमा हात हालेका थिए । बिस्तारै फस्टादै गएको उनको कला र गलाका कारण हाल सम्म उनले करिब १५० भन्दा बढी गीत बजारमा ल्याई सकेका छन् ।

सानै उमेरमा सांगीतिक बजार कब्जा गर्न सफल भएका गायक टंकले पछिल्लो पटक 'दारु पियर हो की नसा चढेर हो' बजारमा ल्याएका हुन् ।

गीतको भिडियो शेर साउदले निर्देशन गरेका हुन् भने सुरेश श्रेस्ठले खिचेका हुन् । पछिल्लो पटक सबैको रोजाइमा परेको टंक तिमिल्सिनालाई स्टेज मा पनि भ्याई नभ्याई छ । 

टंक तिमिल्सिना मुकेश बिन्दास बबिता र शेर साउदको अभिनय रहेको गीतमा गाउँबाट शहर पढ्न आएर लहैलहैमा लागी कुलतमा फसेका युवाहरुको कथा देखाउन खोजिएको छ । 

इमान्दार मिडियासंगको कुराकानीमा गायक टंकले बिगतका गीत जस्तै यो गीत पनि निकै चल्ने आशा व्यक्त गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...