कसले हान्यो गुण्डा नाइके दावालाई गोली ? (भिडियोसहित)


  • काठमाडौं ३० चैत । 
गौरीघाटस्थित बागमती नदी किनारामा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुन्डा’ दावा लामा मंगलबार घाइते भए । 

घटनाबारे प्रहरीले फेला पारेको ‘क्लोज सर्किट’ टेलिभिजन दृश्यमा हाफ पाइन्ट र चप्पलमा रहेका दावा ब्याग बोकेर दक्षिणतिरको बाटो हुँदै पार्टी प्यालेसमा प्रवेश गरेको देखिन्छ ।

उनले बाटो क्रस गरेलगत्तै दक्षिणतिरबाटै सेतो मास्क लगाएका झोला बोकेका अर्का व्यक्ति उनको पछाडि देखिन्छन् । 

दावा ढोका नजिक पुगेपछि उनी हतारहतार नजिक आउँछन् र दावा गेटभित्र प्रवेश गरेलगत्तै पेस्तोल निकालेर फायर गर्छन् । सुटरले लगातार दुई राउन्ड गोली हानेपछि दावा पार्टी प्यालेसको कम्पाउन्डमा ढल्छन् र सुटर पश्चिमतिर भाग्छन् ।

लामो समय दावाको दैनिकी निगरानी गरेर गोली हान्ने योजना बनेको प्रहरीले अनुमान गरेको छ ।

पहिलो गोली शरीरको माथिल्लो भागमा हान्दा छलेर दावा भाग्न सक्ने भन्दै सुटरले गोडामा गोली हानेर शरीरका अन्य भागमा हानेको देखिन्छ । प्रहरीले गोली कसले हान्यो भनेर अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

तर, गोली हान्नेबित्तिकै ‘म हङकङबाट लोप्साई राई बोलेको, दावा लामालाई मैले गोली हान्न लगाएको हुँ’ भनेर महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीलाई फोनबाट सुटरले जानकारी दिएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...