राजधानीमा निर्वाचनको रन्कोले अझै छोएन, गाउँ-गाउँका चिया पसलमा उम्मेदवारको चर्चा


  • काठमाडौँ २९ चैत। 
सरकारले स्थानीय तहको निर्वाचन घोषणासँगै ग्रामीण क्षेत्रमा बढी चहलपहल भए पनि राजधानी काठमाडौँमा भने चुनावी रन्कोले अझै छोएको छैन ।

झन्डै २० वर्षपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा ग्रामीण क्षेत्रको तुलनामा काठमाडौँको प्रमुख सहरी क्षेत्रमा भने आशातित रुपमा कम चहलपहल देखिएको छ ।

काठमाडौँ बाहिरका महानगरपालिका, नगरपालिकामा प्रमुख र उपप्रमुखका साथै र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र बडा अध्यक्ष, सदस्यहरु को को बन्ने भन्ने चर्चा चले पनि काठमाडौँ भने त्यस्तो चर्चा अझै भइसकेको छैन ।

एक महानगरपालिका र १० नगरपालिका भएको काठमाडौँमा भने राजनीतिक दलहरु आन्तरिक तयारीमा नै रहकाले चहलपहल कम भएको बताएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख चार दल निर्वाचनका लागि आन्तरिक रुपमा व्यस्त छन् ।

काठमाडौँ सबभन्दा ठूलो महानगरपालिका भएकाले प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्नमा दलहरुमा समस्या देखिएको छ ।

गाउँगाउँका चिया पसलमा निर्वाचनमा उठ्ने उम्मेदवारको चर्चा भए पनि काठमाडौँमा त्यति चर्चा चलेको पाइन्न ।

पार्टी कार्यालयमा भीडभाड हुने भए पनि बजारमा काठमाडौँका मुख्य मुख्य चोक, चियापसलमा चुनावले अझै छोएको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...