माइभ्याली गोल्डकपको फाइनलमा आज झापा ११ र नेपाल आर्मी क्लब भिड्दै

  • इलाम २६ चैत्र ।

माइभ्याली गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ । नेपाल पुलिस क्लबलाई हराउदै आर्मी र एपिएफलाई हराउदै झापा फाइनलमा प्रबेस गरेका हुन् ।

झापाले यस वर्ष काँकडभिट्टा गोल्डकपको उपाधि जितेको थियो । आर्मीले यस वर्ष सिमरा गोल्डकप, दुहवी गोल्डकप र हेटाैँडा गोल्डकप जितिसकेको छ । अहिलेसम्म आर्मीले झापासँगको चार भेटमा तीन खेलमा आफ्नो जित निकालि सकेकोे छ । आर्मीले यस सिजनमा आहा गोल्डकपको क्वाटरफाइनलमा झापालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

राष्ट्रिय खेलाडीको बाहुल्यता भएको आर्मीका टिमले निर्धारित समयको ९० मिनेटमा नै झापालाई जित्ने रणनीतिका साथ खेल्ने आर्मीका प्रशिक्षक नविन न्यौपानेले बताए ।

झापाका टिम कप्तान प्रवेश कट्टुवालले भने डटेर खेल्ने शैली नै जितको एक मात्र रणनिति भएकोले त्यही अनुरुप खेल्ने र जित आफ्नो पक्षमा पार्ने बताए। 

आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ मैदान उत्रने छैनन् । उनी स्वास्थ्य समस्याका कारण आराममा छन् । झापाका टिममा भने नँया खेलाडीलाई बढी स्थान दिइएको छ । माइभ्यालीको तेस्रो संस्करण जित्ने दुवै टिमले दाबी गरेका छन् । 

प्रतियोगिताका बिजेताले नगद चारलाख, उपविजेताले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडिले एकसय ५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्ने र हाई स्कोररलाई नगद पच्चीस हजार प्रदान गरिने आयोजकले जनाएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...