वरिष्ठको विवादले प्रचण्ड सरकार धरापमा

  • काठमाडौं, २६ चैत्र ।

उपप्रधानमन्त्रीबीच बरीयताक्रमबारे चलेको विवादले मन्त्रिपरिषद बैठक समेत बस्न नसक्ने अवस्थामा पुगेपछि नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्नेदेखि प्रशासन सञ्चालनका महत्वपूर्ण नीतिगत निर्णय समेत ओझेलमा परेको छ ।

गृहमन्त्री बिमलेन्द्र निधि र संघिय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाबीच करिब तीन सातादेखि चलेको विवादले बिहीबार बस्ने भनिएको मन्त्रिपरिषदर्को बैठक पनि बस्न सकेन । बैठक बस्न नसक्दा प्रहरी महानिरीक्षक नियुक्तिदेखि चुनावका बारेमा राज्यले गर्नुपर्ने निर्णयसमेत प्रभावित भएको छ ।

समान्यतया साताको एकपटक बस्नुपर्ने मन्त्रिपरिषद् बैठक चैत ३ देखि बस्न सकेको छैन । वरीयता विवादका कारण सरकार धरापमा पर्न सक्ने राजनीतिक जानकारहरु बताउँछन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...