ओली निवासको छलफलमा त्यस्तो के भयो ? निराश बन्दै फर्किए देउवा


  • काठमाडौं १६ बैशाख ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच ओली निवास बालकोटमा भएको भेटवार्ता निरासा जनक रहेको छ । 

काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल गायत नेताहरुको सहभागीता रहेको बैठकमा संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल भएको बालकोट स्रोतले जानकारी दिएको छ ।

संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गर्न कांग्रेस नेताहरुले एमालेसँग आग्रह गर्दै आइरहेका बेला एमालेलाई मनाउन ओली निवास पुगेका नेताहरुले खासै उत्साहजनक छलफल गर्न सकेनन् ।

संबिधान संसोधनलगायतका विषयमा लचिलो बनिदिन काँग्रेस नेतृत्वले एमाले अध्यक्ष ओलीसँग आग्रह गरेको भएपनि बार्ता खासै उपलब्धिमुलक नभएको काँग्रेस निकट श्रोतको भनाइ छ ।

संसदमा आइतबार हुने पक्ष विपक्षको मतदानमा प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताइरहेका बेला नेपाली काँग्रेसले एमालेलाई विपक्षमा मतदान नर्गन र निकास निकाल्ने बाटोमा आइदिन भन्दै गरेको आग्रहका विषयमा भने नेताहरुले अहिलेसम्म केही बोलेका छैनन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...