२ करोडको भागबन्डा नमिल्दा गुण्डा नाइके लामामाथि गोली प्रहार भएकाे खुलासा

  • काठमाडौं । 

पेशेवर गुण्डा नाइकेका रुपमा परिचित दावा लामामाथि मंगलबार बिहान गुहेस्वरी नजिक दिब्या पार्टी प्यालेसमा प्रहार भएको गोलीकाण्डबारे नयाँ तथ्य बाहिर आएको छ ।

गोली प्रहार भएको केही घण्टामा नै काठमाडौं परिसरका प्रमुख एसएसपी छविलाल जोशीको मोवाइलमा विदेशको नम्बरबाट लोप्साङ राई नाम गरेका व्यक्तिले ‘दावा लामालाई गोली हान्न लगाउने म हुँ र मेरो उसँग दुस्मनी थियो’ भन्दै जिम्मा लिएपनि प्रहरीले नयाँ कोणबाट अनुसन्धान थालेको जनाएको छ ।

घटनाको वास्तविकतालाई अन्यत्रै मोड्न तेस्रो व्यक्तिले फोन गरेको हुनसक्ने तर्फ आशंका गर्दै प्रहरीले दावा समूहका सदस्यलाई नै निगरानीमा राखेर अनुसन्धान थालेको जनाएको छ । यद्यपी दिल्लीमा लुकेर बसेका डन समिरमानसिंह बस्नेतको समूहले राइलाई प्रयोग गरी पुरानो दुस्मनी साँधेको तर्फपनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बस्नेत प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ उर्फ घैंटेका मुख्य सहयोगी हुन भने घैंटे र दावाको पुरानो समयदेखि दुस्मनी रहेको थियो । प्रहरीले प्रारम्भिक रुपमा बस्नेत समूहमाथि आशंका गर्दै अनुसन्धान थालेको र नजिक पुगिसकेको दावी गरेको छ । यद्यपी ठेक्का पट्टामा गुण्डागर्दी गरी अवैध रुपमा रकम असुल्ने, युवती प्रयोग गरेर ठूला व्यापारीलाई ब्ल्याकमेलिङ गरी रकम असुल्ने, जुवा अखडा सञ्चालन गर्ने देखि धम्क्याएर रकम असुल्ने धन्दामा दावा सक्रिय थिए ।

प्रहरी स्रोतका अनुसार राजधानीमा बी ग्रेडको गुण्डाको नाममा चर्चा पाएका दावा र उनकै समूहका काभ्रेली छोटे डन भनेर चिनिने विष्णु लामाले केही दिन अघि मात्र जुवा खेलाएर दुई करोड अवैध रकम हाता पारेका थिए । सो रकम दावा लामाले लिएको र भागवण्डा नमिल्दा विष्णुले दावाकै सहयोगी प्रविण खड्कालाई प्रयोग गरी आक्रमण गराएको हुन सक्ने आशंकामा प्रहरीको अनुसन्धान मोडिएको स्रोतको भनाई छ ।

विष्णु र दावा एउटै समूहमा रहे पनि पैसाको विषयमा उनीहरुबीच बेला–बेलामा झगडा हुँदै आएको छ । विष्णु र दावासँग २० करोड भन्दा बढि अवैध सम्पत्ति रहेको प्रहरी स्रोतले बतायो । आफूलाई छोटा डन भन्न रुचाउने विष्णुले अवैध रकम विभिन्न व्यवसायमा लगानी गर्दै ‘सेफ ल्याण्डिङ’ गरिसकेका छन् । उनीहरु दुबै जनाले शुरुमा रक्तचन्दन तस्करीबाट अबैध रकम जम्मा गरेर मिटर व्याजमा क्यासिनोमा लगानी गर्दै आएका थिए । चावहिलस्थित एक जग्गाधनीको आठ रोपनी जग्गामा नक्कली मोही बनेर मुद्दा हालेपछि लामाको समूहले २ करोड असुलेको थियो ।

पैसामा भागवण्डा नमिल्दा शुरुमा सँगै रहेका अण्डरवल्र्ड डन दाउद इब्राहिम र छोटा राजन अलग–अलग भई छुट्टै समूह खडा गरेर काम गर्दै आएका छन् । त्यस्तै दिपक मनाङ्गे र मिलन चक्रे पनि शुरुमा सँगै थिए । शुरुमा मनाङ्गेको क्लबमा बाउन्सर रहेका कुमार घैंटे पनि प्रहरी इन्काउन्टरमा मारिनु अघि मनाङ्गे र चक्रे समूहबाटै अलग भइसकेका थिए । यसरी पैसाकै भागवण्डाका कारण दावामाथि उनकै समूहका सदस्यले आक्रमण गरेर छुट्टिन लागेको पनि आशंका गरिएको छ । 

ललितपुरका मिटव्याजका नाइके राजन श्रेष्ठ, डेजाबु क्लवका सञ्चालक राम गिरीलगायत आधा दर्जन व्यक्तिलाई लामाले आक्रमण गरिसकेका छन् । बौद्धबाट खैरो हिरोइनसहित पक्राउ परेर सजाय भोगिसकेका लामा काभ्रेको तिमाल क्षेत्रमा बुद्धचित्त माला लुटपाटमा पनि मुछिएका थिए । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ |

२०७३ चैत्र ३१ गते  प्रकासित .

,

प्रतिकृया दिनुहोस्

Loading...