देखिंदैनन् गाउँमा अचेल ठिटा पनि ठिटीपनि...

राजेश खतिवडा

भेटिंदैनन् गाउँमा अचेल जाँतो पनि ढिकीपनि
देखिंदैनन् गाउँमा अचेल ठिटा पनि ठिटीपनि ।

बृद्ध बाबा आमा छाडी हिडे सबै मुग्लान तिर
पाल्नलाई लाज लाग्छ रे गाई पनि भैंसीपनि ।

नेपालीको भोको भुँडी भर्देकै छ रेमिट्यान्सले
प्याकेटकै किनि खान्छन् दुध पनि दहीपनि ।

कृषि प्रधान देश तर छैनौं हामी आत्मनिर्भर
बिदेशबाटै आयात हुन्छ नुन पनि चिनीपनि ।

,

प्रतिकृया दिनुहोस्

Loading...