मिल्ने भए प्रचण्ड र ओली, बालुवाटारमा भयो यस्तो गोप्य छलफल !

  • काठमाडौं, १६ बैशख ।

शुक्रबार एकातिर सत्ता पक्षका दलहरूको बैठक चलिरहेको थियो भने अर्कोतर्फ गोप्य ढंगले सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच बालुवाटारमा संशोधन, निर्वाचनको चरण र बजेटका बारेमा गम्भीर परामर्श भएको जानकारी स्रोतले दिएको छ ।

एमाले नेता माधवकुमार नेपाल र भीमबहादुर रावल, माओवादी नेता नारायणकाजी श्रेष्ठबीच लामो परामर्श भएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सकिएलगत्तै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहाल पनि बालुवाटारको गोप्य परामर्शमा सहभागी भएको दाबी स्रोतले गरेको छ ।

परामर्शमा सहभागी माओवादी नेता श्रेष्ठले संशोधन प्रस्ताव अनुमोदनका लागि भएको प्रयासमा एमालेले आफ्नो पुरानै अडान कायम राख्दै संशोधन हुन नसक्ने धारणा राखेको जानकारी दिए । एमालले संशोधन हुन नसक्ने र निर्वाचन एकै चरणमा गर्नुपर्ने अडान लिएको माओवादी नेता श्रेष्ठले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...