लेखराज भट्ट एमालेमा जान लागेको हल्ला भाइरल,भीम रावलसँग धनगढीमा भेटघाट

  • धनगढी, २५ चैत । 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता लेखराज भट्ट एमालेमा जान लागेको हल्ला भाइरल भइरहेका बेला एमालेका उपाध्यक्ष भीम रावलसँगै देखिएका छन् ।

माअाेवादी केन्द्र प्रदेश ७ इन्चार्ज एवं पूर्वमन्त्री समेत रहेका नेता भट्ट शुक्रबार धनगढी विमानस्थलमा  रावलसँगै देखिएपछि धेरैले उनलार्इ अाश्चार्यजनक तरिकाले हेरेका थिए । तर, माओवादी नेता भट्टले भने एमाले नेता रावल र आफ्नो भेट संयोगवश भएकाे प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टले आफू एमालेमा प्रवेश गर्ने हल्ला शतप्रतिशत मिथ्या र षड्यन्त्रपूवर्क फैलाइएको भ्रम भएको अाराेप लगाएका छन् ।

‘धनगढी, गेटा विमानस्थलमा माओवादी केन्द्रका नेता लेखराज भट्ट र एमाले उपाध्यक्ष कमरेड भीम रावलसंग भेट हुँदा प्रश्न सोध्ने अबसर जुर्यो । दुबै नेताले पार्टी प्रवेश गर्ने कुरा शतप्रतिशत मिथ्या र षड्यन्त्र पुर्वक फैलाइएको भ्रम हो भन्दै स्पष्ट पार्नुभयो ।’ पत्रकार सम्मेलनमा सहभागी नेकपा माओवादी केन्द्र ७ प्रदेशका प्रचार प्रसार समिति इन्चार्ज ओमविक्रम भाटले भने ।

सञ्चारकर्मीको प्रश्नमा दुबै नेताले प्रदेश नं. ७ को विकास, समृद्धि र एकताको लागि सधैं एक ठाउँमा रहने पनि प्रतिबद्धता ब्यक्त गरेको भाटले जानकारी दिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...