नेपाली काँग्रेसभित्र बमण्डर, निधिले भने - अव हेर्छु, शेरबहादुरजी कसरी प्रधानमन्त्री बन्नुहुन्छ !

  • काठमाडौँ ।
सत्ता साझेदार दल नेपाली काँग्रेसभित्र बमण्डर मच्चिएकाे छ । उपप्रमकाे बरियताकाे विषयलार्इ लिएर गृहमन्त्री वपमलेन्द्र निधि र काँग्रेस सभापति शेर बहादुर देउवाबीच रडाकाे मच्चिएकाे हाे । अाफुलार्इ बरिष्ट उपप्रमकाे जिम्मेवारी नदिएकाे भन्दै निधिले पदबाट राजिनामा धम्की दिएका छन् भने सभापति देउवा निधिकाे राजिनामा दिने निर्णयबाट मख्ख छन् । 

यतिसम्मकी आफूलाई क्रस गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिलसँग क्रुद्ध बनेका कांग्रेस देउवाले निधिको धम्कीबाट नडराउन प्रधानमन्त्री दाहाललाई गोप्य सन्देश समेत पठाइ सेकेकाे काँग्रेस उच्च स्राेतले जनायाे । 

देउवाले निधि बाहिरिएपछि अर्का नेता गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सहित पठाउने र श्रेष्ठले प्रहरी नियमावली संशोधन गरी आइजीपीमा पुन जयबहादुर चन्दलाई नियुक्त गर्ने आफ्नो रोडम्याप पूरा गर्ने दाहाललाई सुनाएका छन् ।

गृहमन्त्री निधि प्रधानमन्त्री दाहालसँग त वरियता विवादले यसै रिसाउने नै भए त्यसमाथि आफूलाई कमल थापा भन्दा तल्लो वरियतामा राख्ने विषयमा दाहाल देउवाबीच भएको समझदारीले झन् चिढिन पुगे ।

गोपालमानलाई गृहमन्त्री बनाउने देउवाको तयारी

निधिले आफू निकटहरुसँग भन्ने गरेको भनाई उद्धृत गर्दे स्रोतले भन्यो– ‘मैले नै केपी ओलीको सरकारबाट प्रचण्डलाई बाहिर ल्याएर यो गठबन्धन बनाएको हुँ । गठबन्धनको सहमति अनुसार अव शेरबहादुरजी प्रधानमन्त्री हुने पालो थियो । मैले नै भारतसँग देउवाको पक्षमा लविङ गरेर यहाँसम्म पुर्याएँ । तर, म माथि ठूलो धोका भो । अव हेर्छु, शेरबहादुरजी कसरी प्रधानमन्त्री हुनुहुन्छ ।’

निधिको धम्कीले भने कांग्रेस सभापति देउवा आत्तिएका छैनन् । किनभने देउवाको एकसुत्रीय एजेण्डा छ–आइजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने र त्यसैको बलमा मात्र स्थानीय तहको चुनावमा हैसियत देखाउन सकिन्छ । त्यसका लागि देउवाले प्रहरी नियमावली परिवर्तन गर्न बारम्बार दवाव दिए । तर, निधिले सर्बाेच्च अदालतको परमादेशलाई अवज्ञा गरेर जान नसकिने वताए ।

देउवाले निधिलाई मात्र होइन गृह सचिवलाई पनि बारम्बार फोन गरेर प्रहरी नियमावली संशोधन गर्न तुरुन्त ड्राफ्ट तयार गर्न भने । पार्टी सभापतिले सिधै गृह सचिवलाई प्रहरी नियमावली संशोधन गर्न आदेश दिन थालेपछि निधि देउवासँग झन् चिढिए । देउवाको दवाव आए पनि गृह मन्त्रालयले प्रहरी नियमावली संशोधनका लागि कुनै तयारी गरेको छैन ।

पार्टी सभापतिको आदेश आए पनि सम्बन्धित मन्त्रीको निर्देशन नभएसम्म गृह सचिवले त्यस्तो नियमावली ल्याउन सहज हुँदैन । देउवाले लगातार आफ्नो मन्त्रालयको काममा हस्तक्षेप गरी विवाद खडा गरिदिएको र सर्बाेच्चको परमादेश विपरित हुनेगरी आइजीपी नियुक्तिमा दवाव दिएको तर, आफ्नो वरियता विवादमा भने प्रधानमन्त्रीसँग मिलेर कमल थापालाई अगाडि राख्न सहमति दिएकाले निधि राजीनामाको धम्की दिन वाध्य भएका हुन् ।

तर, देउवा निधिले राजीनामा नै देउन् भन्ने पक्षमा छन् । त्यसैले उनले गोपालमान श्रेष्ठलाई नयाँ गृहमन्त्रीको रुपमा पठाउने आश्वासन प्रधानमन्त्री दाहाललाई दिएका छन् । गोपालमानलाई भने देउवाले गृहमन्त्री भएपछि पहिलो काम नै प्रहरी नियमावली संशोधन गरी जयबहादुर चन्दलाई नियुक्त गर्नु पर्ने निर्देशन दिएका छन् ।

चन्दको नियुक्ति बदर गरी योग्य ब्यक्तिलाई नियुक्त गर्न सर्वाेच्च अदालतले परमादेश दिएकै दिन देउवाले प्रधानमन्त्री दाहाललाई वालुवाटारमै गएर भेटेका थिए । जुन भेटमा प्रहरी नियमावली संशोधन गरी फेरि चन्दलाई नै नियुक्त गर्ने सहमति भएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...