जनताले जिताउँछन्, देशैभर हामीले बहुमत ल्याउछौं : कांग्रेस नेता अर्जुन जोशी

  • पर्वत, २७ चैत ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले स्थानीय तहको निर्वाचनमा काँग्रेसले देशैभरि वहुमत ल्याउने वताएका छन् । उनले काँग्रेसले जित्ने थुप्रै आधारहरु रहेको दावी गरे ।

शनिवार बागलुङको जैमुनी नगरपालिकाका दुई कार्यक्रममको प्रमुख अतिथीको रुपमा वोल्दै जोशीले मुलुकमा प्रजातन्त्र स्थापना गर्न, लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न, संविधान वनाउन र जारी गर्न काँग्रेसले नेतृत्व गरेको वताए ।

‘अहिले संविधान कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पनि हामी पुरा गर्छौैँ जोशीले भने, ‘संविधान कार्यान्यवन पछि हामी विकासमा लम्कनु छ, ।

अहिले मुलुकलाई विखण्डनवाट जोगाउनुपर्ने जनाउँदै जोशीले एमाले र मधेशवादी दलहरु अहिले देशलाई विखण्डन गर्न उद्दत रहेको आरोप लगाए । 

,

प्रतिकृया दिनुहोस्

Loading...