भ्रूण हत्यामा संलग्न पाइएपछि अल्का अस्पतालकी डा. नूतन निलम्बित


  • काठमाडौँ २६ चैत । 
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ विवादित डा. नूतन शर्मा निलम्बित भएकी छन् ।

नेपाल मेडिकल काउन्सिलले डा. नूतन शर्मालाई निलम्बन गरी ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाएको छ । 

काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार उनीविरुद्घ भ्रूण हत्या गर्ने उद्देश्यले प्रेरित भई लिंग पहिचान गरेको उजुरी सही पाइएपछि ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाइएको हो ।

काउन्सिलले डा. नूतनलाई निलम्बित गर्ने निर्णय २०७२ साउनमै गरेको थियो । निर्णयविरुद्घ पाटन पुनरावेदन अदालतमा परेको रिटमा काउन्सिलकै निर्णयको पक्षमा फैसला आएपछि उनीमाथिको निलम्बन यथावत् राखिएको शर्माले जानकारी दिए । 

काउन्सिलका अनुसार उनी कार्यरत अल्का अस्पतालमा ३ महिनाका लागि निलम्बन गरिएको चिठी बुझाइएको छ ।

शर्मा माथि कारबाहीका लागी भिडियो क्लिप र अस्पतालको पुर्जा प्रस्तुत गरिएको थियो। नेपालमा कानुन त गर्भपतनको आशयले कसैले पनि भ्रूणको लिंग परीक्षण गर्न पाउँदैन । अझ लिंग परीक्षणपछि गर्भ पतन गरेको समेत प्रमाणित भए ज्यान मुद्दा नै लाग्ने कानुनि ब्यबस्था छ ।

यता अल्का अस्पतालले भने समाचारको खण्डन गर्दै अस्पतालले उच्च अदालतको फैसलाका विरुद्धमा सर्वोच्चमा मुद्दा परेर निस्सा समेत पाइसकेको भन्दै समाचार एकतर्फी र आग्रहपूर्ण भएको दावी गरेको छ । 

अस्पतालले विज्ञप्ति प्रेशण गर्दै सर्वोच्च अदालतमा विचारधिन मुद्दामा अनावश्यक टिप्पणी हुनु दुर्भाग्यपूर्ण भएको तर्क गरेको छ ।

उनि बिगतमा पनी विवादित बनिरहने डाक्टर हुन् । उनैको गैरजिम्मेवारीको कारण केही समय अगाडी एक सुत्केरीले मृत्युको शिकार बन्नुपरेको थियो । 

गर्भवती भएको आठ महिनामा नै गर्भवतीको आफन्तको स्वीकृतिविना नै अप्रेसन गरेर शिशु जन्माएकी डा. शर्माले आफूले खटाएका अन्य दुई डाक्टरले रिफर गरेको खानेकुरा समेत खान नदिँदा काठमाडौँ सातदोबाटोकी १३ दिने सुत्केरी शान्ति शर्मा घिमिरेको ज्यान गएको गएको थियो ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...