चन्दा उठाएर पैसा कमाउन विप्लवको पार्टीमा, कारवाही हुनेभएपछि माओवादी केन्द्रमा !


  • काठमाडौँ २७ चैत्र ।
नेपाल कम्युनिस्ट पार्टी ललितपुरका २ जना जिल्ला सदस्यले चन्दा धन्दाबाट खल्ती भरेको सार्बजनिक भएपछी पार्टी छोडेर माओवादी केन्द्र प्रवेश गरेका छन् ।

पार्टीका जिल्ला सदस्य केशव देसहार र सविन्द्र महर्जनले पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन्। 

चन्दा उठाएर खल्ती भर्ने धन्दा चलाउने जिल्ला सदस्य दुवैलाई पार्टीले कारवाही गर्ने निर्णय गरेपछि उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेको कम्युनिष्ट पार्टी ललितपुरले जनाएको छ ।

कम्युनिष्ट पार्टी ललितपुरका सेक्रेटरी विपिनले दिएको जानकारी अनुसार उनीहरुमाथि कारवाही गर्नुपर्ने कुरा उठेपछि अनुसन्धानमा गरिएको थियो । अारोप पुष्टिसँगै कारवाही गर्ने पार्टीको निर्णयपछि दुवै जना माओवादी केन्द्रमा प्रवेश गरेको हुन् ।

विपिनका अनुसार पार्टीले जिल्ला सदस्य केशव देसहारलाई सांगठानिक र सविन्द्र महर्जनलाई आर्थिक अराजकताको कारवाही गर्ने निर्णय गरेको थियो ।

‘केशवजीले पार्टी संगठनको अनुशासनभन्दा बाहिर रहेर गतिविधि गरेको र सविन्द्रजीले आर्थिक हिनामिना गरेको पुष्टी भएपछि हामीले कारवाही गर्ने निर्णय गरेका थियौ ।' सेक्रेटरी विपिनले भने । 

गल्ती ढाकछोप गर्न माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै सेक्रेटरी विपिनले जहाँ गएपनि उनीहरुमाथि गल्तीअनुसार सजाय हुने बताए ।

नेपाल कम्युनिस्ट पार्टी निकट नेवा मुक्ति मोर्चाका जिल्ला अध्यक्ष समेत रहेका महर्जनले पार्टीको आडमा ब्यापक चन्दा असुल गरी आर्थिक हिनामिना गरेको सेक्रेटरी विपिनको अारोप छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...