कम्युनिष्ट पार्टीको चुनाव खारेज अभियान तिब्र, उपत्यकाको जहरसिंह पौवा पुग्यो

  • दिया चन्द ।
काठमाडौ २७ चैत।

नेपाल कम्युनिष्ट पार्टीले सुरु एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेजी अभियानलाइ तिब्रता दिएको छ । 

काठमाडौँ उपत्यकासहित देशका सबै जिल्लाहरुमा एकै साथ सुरु भएको अभियान निरन्तर चली रहेको कम्युनिष्ट पार्टीले जनाएको छ । 

यता काठमाडौँ उपत्यकाबाट सुरु भएको अभियान काठमाडौँको शंखरापुर जहरसिंह पौवा पुगेको छ । 

जहरसिंह पौवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य मकर गुरुङले संसदीय दलहरुका बीच आ आफ्नो स्वार्थका लागि उनीहरु आफ्नै पार्टी-पार्टी भित्र अन्तरबिरोध रहेको भन्दै आफ्नो स्वार्थका लागि आफै लड्नेहरुले जनताको भलो नगर्ने बताएका छन् ।

त्यस्तै गुरुङ्गले अबैध कामहरुलाई बैधानिकता प्रदान यो चुनावले भ्रस्टाचार,लुटपाट,अत्याचार, महङ्गीलाई अँ बढाउने समेत ठोकुवा गरेका छन् ।

उनले अझ भूकम्प पीडितको नाममा बिदेशबाट आएको करोडौं रकम पचाउन यो चुनावको खेल खेलिएको समेत सरकारलाई आरोप लगाए ।

जनताको हित बिपरित हुन गइरहेको स्थानीय चुनावलाई जनताले खारेजी गर्नुपर्ने गुरुङ्गको भनाइ रहेको छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बक्ता अखिल नेपाल शिक्षक संगठन उपत्यका संयोजक राजकुमार केसिले सदाल संसदीय व्यवस्थाले नेपाली जनताको हक र अधिकार स्थापित गर्न नसक्ने बताएका छन् । 

'अबको स्थानीय निर्वाचनले दलालहरुलाई आमन्त्रण गर्ने र गलत कामलाई बैधानिकता दिने हो। अहिलेको चुनाव भनेको बैदेशिक शक्तिको आडमा हुन् लागेको हो ।' उनले भने ।

उनले संसदीय व्यवस्था लुटेर खाने व्यवस्था भएकोले यसको खारेजी अनिवार्य भएको बताएका छन् । अभियानमा सामना सास्कृतिक परिवारले नृत्य र गीत प्रस्तुत गर्दै स्थानीय निर्वाचन बहिस्कारको आब्हान गरेको छ ।




,

प्रतिकृया दिनुहोस्

Loading...