डिआईजी नवराज सिलवाललाई अब अस्पतालबाटै हत्कडी लगाउने तयारी

  • काठमाडौं, १७ बैसाख ।
नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेसँगै नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललाई पक्राउ गर्ने तयारी भएको छ ।

केहि दिन अगाडी पक्राउ परेर अदालतको आदेशमा रिहा भएका सिलवाल अस्वस्थ भएर अस्पलातमा उपचार गराइरहेका छन् । उनलाई अदालतमा मुद्धा प्रभावित गराउन कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा आज वा भोलिभित्र उनलाई गिरफ्तार गर्ने तयारी भइरहेको बालुवाटार उच्च स्रोतले इमान्दार मिडियालाई बतायो ।

यद्यपि बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइका क्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले आईजिपी नियुक्ति सम्बन्धमा अदालतमा विचाराधीन मुद्धाको टुंगो नलाग्दासम्म सिलवालमाथि कुनै कारबाही नगर्न सरकारमा नाममा आदेश दिएकी थिइन् ।

पहिलो वरियताको आफूलाई अन्याय गर्दै सरकारले दोश्रो वरियताका डिआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको भन्दै सिलवालले दायरगरेको रिटमा १९ वैशाखबाट अदालतमा सुनुवाई सुरु हुँदै थियो । ‘सरकारकी कागजात किर्ते गरेको आरोपमा नवराज सिलवाललाई पक्राउ गर्ने तयारी छ’, गृह मन्त्रालय उच्च स्रोतले भन्यो ।

,

प्रतिकृया दिनुहोस्

Loading...