“हे भगवान” बजारमा आयो, एकनारायण भण्डारी हर्षले दङ्ग (भिडियोसहित)


बहुचर्चित गायक रामजी खाँण र बिष्णु माझीको सुमधुर आवाजमा “हे भगवान” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा भगवानसँग उनलाई मात्रै मायाँ गर्ने मुटु दिएर मलाइ उनैलाई मैले नपाउने भाग्य लेखौ किन जस्ता गुनासो गरिएको भाब समेटिएकोले गीतको सब्द सिर्जनामा निकै सृजनशीलता अपनाइएको अनुमान गर्न सकिन्छ ।

एकनारायण भण्डारीको उत्कृष्ट शब्द र संगीतमा रहेको उक्त गीतमा चर्चित मोडल महेन्द्र गौतम र रन्जिता गुरुङले निकै नै राम्रो अभिनय गरेका छन् । एकानारणका अघिल्ला एल्बम जस्तै यो गीतले पनि बजार लिने आशा निर्माण टीमले गरेको छ । 

सीतारा म्यूजिक प्रा लिको प्रस्तुती रहेको यस गीतमा बाबुराजा केशीको निर्देशन , मदुर बस्नेतले छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ । म्यूजिक भिडियो बजारमा आएपछि सर्जक एकानारण हर्षले दङ्ग परेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...