कार्कीविरुद्ध महाअभियोग दर्ता भएकै दिन डिआइजी नवराज सिलवाल डिस्चार्ज

  • काठमाडौं, १७ बैसाख ।

एक हप्ताको अस्पताल बसाईपछि डिआइजी नवराज सिलवाल डिस्चार्ज भएका छन्। 

आइतबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनी गत सोमबारसाँझदेखि ललितपुरको बिएण्डबि अस्पतालमा उपचारार्थ भर्ना भएका थिए। 

सर्वोच्चमा पेश गरेको कार्यसम्पादन मूल्यांकन फाइल किर्ते गरेको अभियोगमा उनी गत सोमबार पक्राउ परेका थिए। सर्वोच्चले उनीमाथि कारबाही नगर्न र रिहा गर्न भनेपछि उनी साँझ रिहा भएका थिए। 

अस्पतालबाट डिस्चार्ज भएपछि उनी बालकुमारीस्थित निवासमा गएर आराम गरिरहेका छन्। उनका परिवारका अनुसार घरमा पनि उनलाई सलाइन दिइराखिएको छ। अस्पतालमा भर्ना भएका दिन पत्रकारहरुसँग कुरा गर्दै सिलवालले अाफूमाथि लागेका अारोपहरुको खण्डन गरेका थिए ।

यता नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेसँगै नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललाई पक्राउ गर्ने तयारी भएको बालुवाटार उच्च स्रोतले इमान्दार मिडियालाई बताएकाे छ  ।

 उनलाई अदालतमा मुद्धा प्रभावित गराउन कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा आज वा भोलिभित्र उनलाई गिरफ्तार गर्ने तयारी भइरहेको  स्राेतले बताएकाे हाे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...