महाअभियोगपछि रातारात बस्यो सेनाको आकस्मिक बैठक, गरिए यस्ता निर्णय

  • काठमाडौं, १८ बैशाख ।

प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएसँगै सुरक्षा समावेदनशिलाताको कारण देखाएर नेपाली सेनाको आकस्मिक वैठक बसेको छ ।

देशमा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्न आइतबार राति बसेको सेनाको पीएसओ बैठकले सुरक्षा सर्तकता अपनाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।

बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा महाअभियोग शब्द उल्लेख नगरी ‘देशमा हाल विकसित घटनाक्रम’ को समीक्षा भएको बताइएको छ ।

सरकारले बैशाख ३१ गतेका लागि स्थानीय चुनाव घोषणा गरिसकेको अवस्था छ । र, चुनावमा पछिल्लो सुरक्षा घेरामा रहने गरी सेना परिचालनको औपचारिक निर्णयसमेत भइसकेको छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...