अजय सुमार्गी परिवारले दलित महिलाको यसरी पारे विचल्ली, हेर्नुहोस् पिडितको बयान


नव धनाण्य अजयराज सुमार्गीका परिवारले एक दलित महिलालाई हिंसा गरेको खुलेको छ । मुलुकै अग्रणी औधोगिक घरनाका रुपमा उदाउदै गएका सुमार्गी परिवारले आफ्नै घरमा एक जना दलित महिला तथा ६ बर्षे बालिकालाईलाई विचल्लीमा पारेको खुलेको हो । 

परोपकारको ढोङ रच्ने अजयराज सुमार्गीले आफ्नै सालो दिपेश अर्याल (दिपू) ले विवाह गरेकी सुप्रिया छिनाल (अर्याल) र ६ वर्षिया छोरी दिया अर्याललाई दलित भएकै कारण विछोड गराएका छन् ।

हेर्नुहोस पिडितको बयान

मेरो नाम सुप्रिया छिनाल अर्याल हो । म सानैदेखि कुपण्डोलमा बस्ने गर्थे । दिपेश पनि ललितपुर कुपण्डोल १ का स्थायी बासिन्दा हो । त्यहा नै बस्दा म र दिपेशको भेट साथीमार्फत भयो । हाम्रो भेट २०६४ साल तिर भएको हो । 

हामी दुवै जना मिल्ने साथी भएकाले बारम्बार भेट हुने ग¥थ्यो । केही समयको भेट पछि दिपेशले मलाई प्रेम प्रस्ताव राख्नु भयो । म दलितकी छोरी र सामान्य परिवारबाट आएकील दिपेशसँग प्रेम गर्ने पक्षमा थिइन् । मेरो घरमा पनि आमा र भाइमात्र भएकाले समाज विपरित हुने विवाह मलाइ मञ्जुर थिएन । तर, दिपेशले बारम्बार मेरो घरमा आउने आमालाई फकाउने गर्न थाल्नु भयो ।

म दिग्दार भएर केही समय मेरो पुर्खौली घर हेटौडा गए । तर, दिपेशपनि हेटौडा मलाई खोज्दै पुग्नु भयो । म काठमाडौं आएपछि पनि मलाई वहाले छोड्दै छोड्नु भएन । बारम्बार उसको प्रेमपूर्ण भावसँग म धेरै तर्किन सकिन र उहाँको परिवारमा ३ जना दिदी बैनी र बुबा हुनुहुन्छ । 

आमाजू दिदी अस्मित सुमार्गी जो अहिले अजय सुमार्गीकी पत्नी हुनुहुन्छ । उहाँहरुकै उपस्थितिमा २०६६ साल माघ १५ गते काठमाडौंको भद्रकालीमा दिपेश र मेरो अन्र्तरजातीय विवाह भयो । विवाह भएपछि दिदीहरुकै सहमतिमा हामी बाहिर कोठामा बस्न थाल्यौ । 

कोठामा दीदी र उहाँका आफन्त सबै आउने गर्नु हुन्थ्यो । र म पनि कहिलेकाही घर जाने गरेकी थिए । सबैसँग सम्बन्ध रामै्र थियो । विवाह गरेको १ वर्ष पछि हाम्री छोरी जन्मिन जो अहिले ६ वर्षकी भइन् ।

विवाह भएको ६ वर्षपछि परिवारको दवावमा दिपेशले मलाई छोडेका हुन् । विवाह गरेको केही बर्षपछि सुमार्गी परिवार तथा दिपेशका बुबा शरदकुमार अर्याल जो मेरा ससुरा हुनुहुन्छ उहाँले बारम्बार दिपेशलाई मलाईलाई छोड्न दवाव दिदै आउनु भएको कुरा दिपेशले मलाई बताउनु हुन्थ्यो । २०७९ सालमा अस्मिता सुमार्गीले आफै आएर मलाई डिभोर्स दिन आग्रह गर्नु भयो ।

डिभोर्सको बदलामा काठमाडौमा घर किन्दने र बैङक ब्यालेन्स पनि राखिदिने उहाको प्रस्ताव थियो । तर, मैले दिपेशलाई छोड्न मानिन् । र, दिपेशले पनि बारम्बार आफ्नो परिवारको धम्कीमा डिभोर्स नदिन मलार्ई आग्रह गरिरहनु भयो । एकातिर प्रेम र अर्को तिर धम्की पूर्ण लालचीलाई मैले मानिन् । 

अन्त्यमा आश्वसनका बाबजुत श्रीमानलाई नै रोजिन । सुमार्गी परिवारले दवाव पूर्वक दिपेशलाई ०७० सालमा कलङ्की सृजना बेडारीसँग दोस्रो विवाह गराएछन् । मलाई दोस्रो विवाह भएको थाहा नै भएन । कहिले घर र कहिले कोठामा आउने भएकाले पहिले जस्तै दिपेश बारम्बार कोठामा आउनु हुन्थ्यो । त्यो भएर मैले सङ्का नै गरिन । फेरी दोस्रो विवाहपश्चात पनि वहाँले म र छोरीलाई गर्ने मायामा कुनै कमी नै थिएन ।

तर २०७२ साल असारबाट उँहा टाढा हुन थाल्नु भयो । केही समय त मैले वास्ता नै गरिन । तर, सम्पर्क विहीन नै भएपछि खोजी गरे । दिपेशको खोजी पछि मलाई थाहा भयो उहाँले २ वर्ष अघि नै विवाह गरिसक्नु भएको रहेछ । 
विवाह भएको थाहापाएपछि पनि मैले मेलमिलाप गरौ म र छोरीलाई गासँबास कपासको व्यावस्था गर्दिनु भने । तर, मेरो कुराको सुनुवाइ भएन । वहाँले वेवस्ता गरेपछि बाध्य भएर मैले २०७२ साल चैत्र ११ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरे । अहिले मुद्दा चलिरहेको छ । मुद्दा फिर्ता लिनलाई मलाई सुमार्गी परिवारले बारम्बार धम्की दिने गरेका छन् ।

बकपत्र गरेमा अशंको एक टुक्रा पनि म र मेरी छोरीलाई नदिने उनीहरुको भनाइ छ । हिजो म दलित गरिव परिवारकी छोरी भन्दा जातभात केही हैन पैशाले केही गर्दैन भनेर जर्वरजस्ती विवाह गरे आज सुमार्गी परिवार मिलेर मलाई घर न घाटकोे बनाएका छन् । 

कुपण्डोलका रैथाने परिवारको छोरा दिपेशले मलाई विचल्ली पार्दा उसको परिवार एक शब्द पनि बोलेको छैन । सुमार्गी परिवारकै आदेशमा दिपेशले यो सव गरेको हो । अहिले म माइतीमा आमासँगै बस्दै आएकी छु । दिपेश र उसकी दोस्री श्रीमति अस्मिता अजेय कुटी नयाँ बानेश्वरमा बस्दै आएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...