राष्ट्रपतिको भारत भ्रमणका समय नेपालमा २ दिन सार्वजनिक विदा


  • काठमाडौ, ३ बैशाख । 
राष्ट्रपति विद्या भण्डारी सोमबार भारत प्रस्थान गर्ने भएकि छिन् । आइतबार बसेको मन्त्री परिषदको बैठकले भण्डारी सोमबार भारत प्रस्थान गर्ने निर्णय स्वीकृत गरेको हो । 

वैठकले भण्डारीको भ्रमणमा जाने र स्वदेश फर्किने दुवै दिन विदा दिने निर्णय पनि स्वीकृत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् । 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनको भारत भ्रमणको तालिका स्वीकृत पनि गरेको छ । भण्डारी राष्ट्रपति भएपछि यो पहिलो विदेश भ्रमण हो । 

उनी शुक्रबार स्वदेश फर्किनेछिन् । राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नेछिन् । 

राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनेछिन् । उनले गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्ने कार्यक्रम छ । 

यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए । 

मुखर्जीको नेपाल भ्रमणमा पनि सरकारले सार्बजनिक विदा दिएको थियो । त्यसलगत्तै ‘लम्पसारवाद’ भनेर सरकारको आलोचना भएको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...