तुलसीपुरमा कांग्रेसले चुनावी सभा गर्दै, देउवा र पौडेलले सम्बोधन गर्ने

  • दाङ, २८ चैत ।
नेपाली कांग्रेसले चुनावी सभाअन्तर्गत दाङको तुलसीपुरमा आमसभा गर्दै छ । सभाका लागि गाउँगाउँबाट उल्लेख्य कार्यकर्ता ल्याइने दाङ कांग्रेसका सचिव कमल किशोर घिमिरेले जानकारी दिए ।

सभालाई सम्बोधन गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरू तुलसीपुर पुगेका छन् ।

कांग्रेसले कैलालीको अत्तरियामा आइतबार पहिलो चुनावी सभाको आयोजना गरेको थियो । चुनावी आमसभामा हज्जारौँ कार्यकर्ता सहभागी भएका कांग्रेसका नेताहरूले दाबी गरेका छन् ।

कांग्रेसले सातै वटा प्रदेशहरूमा चुनावी सभा गर्दै छ । सभाका लागि सबै स्थानमा केन्द्रीय नेताहरू परिचालन गरिएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...