स्थानीय निर्वाचन : ललितपुर २३ मा कांग्रेसका रत्नकाजी महर्जन चुनाव लड्ने मनस्थितिमा


  • ललितपुर २८ चैत
स्थानीय निर्वाचन नजिकिदै जाँदा ललितपुरको वडा नम्बर २३ काँग्रेसका तर्फबाट वडा अध्यक्षमा करिब १ दशक लामो कांग्रेस राजनीति गरेका स्थानीय युवा नेता रत्नकाजी महर्जन चुनाव लड्ने मनस्थितिमा देखिएका छन् ।

कांग्रेसका तर्फबाट अन्य ४/५ जना आकांक्षीहरुसंगै महर्जनले पनी चुनाव लड्ने मनस्थिति बनाएका हुन्। 

श्रोतका अनुसार कांग्रेसका महासमिति सदस्य जितेन्द्र श्रेष्ठ, क्षेत्रीय सभापति गजेन्द्रमान महर्जन, कुमार बानिया, सुन्दर कृष्ण महर्जन, नेत्र अर्याल लगायात केहि स्थानीय नेताहरु पनि चुनावमा आफुले टिकट पाए जित्ने गरी लड्ने भन्दै आन्तरिक तयारीमा लागेका छन्।

आकांक्षी मध्य चुनाव लड्ने मनस्थिति बनाएका रत्नकाजी विभिन्न राष्ट्रिय स्तरको खेलमा कोचको भूमिका पनि पुरा गरिसकेका खेलकुद क्षेत्रका सक्रिय खेलाडी समेत हुन् । 


स्थानीय चुनावमा पार्टीले टिकट दिए लड्ने भनि कम्मर कसेर लागेका रत्नकाजी महर्जन तेक्वान्दो संघ ललितपुरका सदस्य तथा जेम्स स्कुल ललितपुर र एसियन कलेज ललितपुरका कर्मचारी पनि हुन् । 

त्यस्तै उनले आफु समाजसेवामा निकै सक्रियताका साथ लागेको व्यक्ति भएको हुनाले कांग्रेसका तर्फबाट टिकट पाए जित्ने दाबी समेत गरेका छन् ।

ललितपुरमा रहेका स्थानीयवासीहरुसंग सहकार्य गरेर सबै पुराना मठ मन्दिर र पुरातात्विक सम्पदाको संरक्षण गर्नुका साथै बृद्धवृद्धा, एकल महिला बिशेष गरी युवाहरुको जिबन स्थर उकास्ने र रोजगारीको सृजना गरी पिछडिएका बर्गको हितमा काम गर्ने महर्जनका चुनावी एजेण्डा छन् । 


त्यस्तै रत्नकाजीले स्थानीय तहमा रहेको बाटोघाटोको थप स्तर उन्नती गर्दै, थप ब्यबस्थित गर्ने, सोलार बत्ति हाल्ने, इनार ढुंगेधारा, सरकारी स्कुल कलेजको उचित संरक्षण र बिकास गर्दै भूकम्पबाट पीडितहरुको पनि सहि ब्यबस्थापनका साथै राहात क्षेतिपूर्ति दिन आबस्यक पहल गर्ने बताएका छन् ।

त्यस्तै उनले यदी ललितपुरवासीले विश्वास गरेर आफुलाई वडा अध्यक्षको जिम्मेवारी दिएको खण्डमा अहिले काम गर्दै आएको आफ्नो जागिरको सम्पूर्ण तलब खेलकुद र स्थानीय जनताको हितमा लगानी गर्ने समेत बताएका छन्।


यस अघिका सबै स्थानीय निर्वाचनमा कांग्रेसले जित हात पारेको ललितपुरमा अहिलेको स्थानीय निर्वाचन आफुहरुले नै जित्ने महर्जनको दाबी छ । 

दोश्रो संबिधान सभाको निर्वाचनमा पनि कांग्रेस नेता मदन बहादुर अमात्यले उक्त क्षेत्रबाट चुनाव जितेका थिए । 

,

प्रतिकृया दिनुहोस्

Loading...