दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो मदनपोखरा १९ औं वर्षमा प्रवेश
पाल्पा २४ चैत।
दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो मदनपोखरा (१०६.९ मेगमहर्ज ) १९ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसरमा होटल वनबाटिका लामिडाँडा पाल्पामा विविध कार्यक्रमको आयोजना गरिएको छ ।
पाल्पाको मदनपोखरामा अबस्थित रेडियो मदनपोखरा ग्रामिण भेगको सूचनाको अधिकारलाई सुनिश्चित गर्ने मूल लक्ष्यका साथ २०५५ साल आजकै दिन स्थापना भएको थियो । १० वर्षे जनयुद्धकालको समयमासमेत यसले एक रत्ति नडगमगाइ आफ्नो प्रसारणलाई निरन्तरता दिएको थियो ।
सामुदायिक सञ्चार, विकासको आधार भन्ने मुल नाराका साथ २०५६ चैत २३ गतेबाट आफ्नो प्रसारण आरम्भ गरेको दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियोको रुपमा यसले आफ्नो परिचय बनाउन सफल भएको छ ।
एफ एम रेडियोको अबधारणाको सुरुवाती अबस्थामा स्थापित यस सामुदायिक रेडियोले हाल आएर सञ्चार जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...