देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, तमुवान संयोजकमा भिम श्रीस


पोखरा ४ वैशाख।

किरण नेतृत्त्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) को चुनाबी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा तमुवान राज्यको संयोजकमा भिम बहादुर श्रीस चयन भएका छन् ।

स्थानीय चुनाब क्रान्तिकारी उपयोग गर्नका लागि क्रान्तिकारी माओवादीले यो मोर्चा बनाएको हो । क.श्रीस "देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल"का केन्द्रिय सदस्य समेत हुन् । 

त्यस्तै मोर्चाका अन्य सदस्यहरुमा सुशिला थापा ,कल्पना थापा, बाबुराम सुबेदी,कृष्ण कट्टेल, तिलक अधिकारी, छबि घले, नेत्र रानाभाट, शन्त बहादुर भुजेल, तेजेन्द्र पौडेल, देवि थापा, राजेन्द्र तमु, अगन बिक, वम बहादुर छन्त्याल, राम कोइराला र काजी बाबु श्रेष्ठ चयन भएका छ्न।

,

प्रतिकृया दिनुहोस्

Loading...