मधेस केन्द्रित ५ दलबीच एकीकरण हुँदै, पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’


  • काठमाडौं, ७ वैशाख । 

मधेसी मोर्चामा आवद्ध पाँच राजनीतिक दलहरूबीच एकीकरण हुँदै छन् । 
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबीच एकीकरण हुन लागेको हो ।
मोर्चामा आबद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले भने एकताका लागि चासो देखाएनन् ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले मोर्चामा आबद्ध पाँच राजनीतिक दलहरूबीच आजै एकीकरणको तयारी भइरहेको बताए । ‘प्राविधिक तयारी गरिरहेका छौँ’, उनले भने, ‘केही कुरामा अझै सम्वाद आवश्यक रहेकाले कुरा मिलाएर आजै एकता हुन्छ ।’
स्रोतका अनुसार आजै दिउँसो एक बजे कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा एकीकरणको घोषणा हुनेछ ।
पार्टी एकीकरणपछि पाँच मधेसी दलहरू मिलेर ‘राष्ट्रिय जनता पार्टी’ हुनेछ । एकीकृत नयाँ पार्टीको नाममा ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिन्ह र झन्डा ‘छाता’ रहनेछ ।
महाधिवेशन नहुँदासम्म पार्टी अध्यक्ष मण्डलबाट सञ्चालन हुनेछ । छ वटा पार्टीका अध्यक्षहरूको एउटा अध्यक्षमण्डल रहनेछ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...